विराटनगर विमानस्थलको स्तरोन्नती प्रक्रिया सुरु - Pahilo Online

विराटनगर विमानस्थलको स्तरोन्नती प्रक्रिया सुरु

writer

पहिलो अनलाइन

विराटनगर । १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले विराटनगर विमानस्थल स्तरोन्नतिको लागि केन्द्र सरकारको विभागीय मन्त्रालयमा प्रस्ताव पेश गरिएको जानकारी दिनुभएको छ ।

मुख्यमन्त्री निवासमा नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संघ १ नम्बर प्रदेशको टोलीसँग कुरा गर्दै मंगलबार मुख्यमन्त्री राईले विराटनगर विमानस्थलको क्षमता १ हजार स्क्वायर फिट बनाउनका लागि आवश्यक अध्ययन गर्न प्रदेश सरकारको औपचारिक रुपमा प्रक्रिया सुरु गरिएको जानकारी दिनुभएको हो ।

विराटनगरबाट माउन्टेन फ्लाइटको व्यवस्था गर्ने र टे«किङ रुटको व्यवस्थापन गरिने गरी छलफल र बहस सुरु भएको पनि मुख्यमन्त्री राईले बताउनुभयो । यस्तै पर्यटकीय क्षेत्रको विकासका लागि प्रदेश सरकारले प्राथमिकता निर्धारण गर्ने तयारी गरिरहेको पनि उहाँले बताउनुभयो ।

प्रदेशको पर्यटनको विकासका लागि २० बुँदे ज्ञापनपत्र पेश गर्दै राष्ट्रिय पर्यटन व्यवसायी संघ १ नम्बर प्रदेशका संयोजक डिल्ली अधिकारीले कोशी राजमार्गलाई उत्तरको सीमासम्म विस्तार गर्नुपर्ने, विराटनगर जोगवनी र किमाथांका नाकामा अध्यागमन कार्यालय स्थापना गरिनुपर्ने, विराटनगर विमानस्थलको स्तरोन्नति गरी माउन्टेन फ्लाइट सुरु गर्नुपर्ने र पहाडी विमानस्थलहरुमा नियमित उडानको व्यवस्था गरिनुपर्नेमा जोड दिनुभयो ।

ज्ञापनपत्रमा होटल, पर्यटकीय गाडी, ट्राभल्स एजेन्सीहरुलाई सहज दर्ता प्रक्रियामा ल्याउन प्रोत्साहन गर्नुपर्ने, हालको पर्यटन कार्यालय काँकडभिट्टाको कार्यक्षेत्र १४ जिल्लामा विस्तार गरिनुपर्ने लगायतका माग उल्लेख छ ।

टोलीमा पर्यटन व्यवसायी रेवतबादुर थापा, तेजबहादुर ढकाल, एलिना मगर, खेमराज नेपाल, देवी गौतमलगायतको सहभागिता थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes