श्रीनिवासाचार्यलाई उपचार खर्च नदिइने - Pahilo Online

श्रीनिवासाचार्यलाई उपचार खर्च नदिइने

श्रीनिवास विरुद्ध हातहतियार तथा खरखजना मुद्दा

writer

पहिलो अनलाइन

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङमा सोमबार धर्मगुरु श्रीनिवासाचार्यमाथि गोली प्रहार भएको विषयमा दोषी सार्वजनिक गर्न पत्रकार सम्मेलनको तयारी भइरहेको थियो । सोही समयमा विराटनगरस्थित न्यूरो हस्पिटलका कर्मचारीको टोली धर्मगुरु आचार्यलाई उपचार गर्दा लागेको रकमको बिल भर्पाइ लिएर जिल्ला प्रशासन कार्यालय पुगेको थियो ।

प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले धर्मगुरु आचार्यको उपचारमा लागेको खर्च व्यहोर्ने बताउनु भएको थियो । सोही प्रक्रिया पुरा गर्ने र बिल पास गराउने उद्देश्यले न्यूरोको कर्मचारी टोली प्रशासन कार्यालय पुगेको थियो ।

तर, जब प्रहरीले पत्रकार सम्मेलन ग¥यो र दोषी सार्वजनिक ग¥यो त्यसपछि उक्त बिल भर्पाइ तथा निवेदन दर्ता हुन पनि पाएन । दोषि श्रीनिवासाचार्य आफैं भएको थाहा पाएपछि जिल्ला प्रशासन कार्यालयले उक्त निवेदन दर्ता नगरेको हो । उनको उपचारका लागि लागेको रकम अव स्वयं आचार्यले तिर्नुपर्ने भएको छ ।

घटनामा आफै दोषि दिखिएपछि हस्पिटलको सम्पूर्ण खर्च धर्मगुरुले नै तिनुपर्ने भन्दै उपचारको बिल पेश गर्न आउने टोलीलाई फर्काइदिएको जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले जानकारी दिनुभयो ।

‘२१ दिन हस्पिटलमा बसेको औषधिसहितको उपचार खर्च १ लाख ७० हजार रुपैयाँ भएको रहेछ,’ प्रमुख जिल्ला अधिकारी आचार्यले भन्नुभयो, ‘अस्पताललाई समस्या नपर्ने गरी अब धर्मगुरुले सम्पूर्ण खर्च तिनुपर्दछ ।’ प्रशासनले धर्मगुरुको उपचार खर्च तिरिसकेको थिएन । ‘धर्मगुरुलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेकै दिन हस्पिटलबाट उपचार खर्चको बिल आएको थियो,’ प्रमुख जिल्ला अधिकारीले भन्नुभयो ।

गोली लागि घाइते भएका धर्मगुरुको एक दिन सघन कक्षमा उपचार भएको थियो भने २० दिन पोष्ट अपरेटिभ वार्डमा राखेर न्यूरो हस्पिटलमा उपचार भएको थियो । १ लाख ७० हजार रुपैयाँको हस्पिटलमा मात्र उपचार भएको थियो भने औषधीको ३५ हजार रुपैयाँ भएको बताइएको छ ।

श्रीनिवास विरुद्ध हातहतियार तथा खरखजना मुद्दा

यसैबीच धार्मिक द्वन्द्व चर्काउन आफैंमाथि गोली प्रहार गराउने आचार्य श्रीनिवासलाई हातहतियार तथा खरखजाना मुद्दामा मोरङ प्रहरीले अनुसन्धान थालेको छ ।

धार्मिक हिंसा भड्काउन आफैं पेस्तोलको बन्दोबस्त गरी आफ्नै अंगरक्षकलाई आपूmमाथि गोली प्रहार गर्न लगाएका श्रीनिवास विरुद्ध जिल्ला प्रशासन कार्यालयले हातहतियार तथा खरखजाना मुद्दामा अनुसन्धान गर्न १० दिनको म्याद दिएको छ ।

मोरङका प्रहरी प्रमुख एवम् एसपी अरुण बीसीले आचार्यलाई हात हतियार तथा खरखजाना मुद्दामा अनुसन्धान सुरु गरिएको जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालयले हेर्ने सो मुद्दामा आरोप प्रमाणित भएमा १ वर्ष कैद १ लाख रुपैयाँ जरिवाना वा दुबै सजाय हुने कानुनी व्यवस्था रहेको छ ।

आफ्नै योजनामा गोली खाएपछि घाइते भएर न्युरो अस्पतालमा उपचार गरेका श्रीनिवासलाई भारत जाने तयारीमा रहेको बेला आइतबार काठमाडौस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरी विराटनगर ल्याएको थियो । गोली काण्डमा प्रक्राउ परेका उनका अंगरक्षक माधव चौधरी र पेस्तोल उपलब्ध गराउने सहयोगी लक्ष्मीराज अधिकारीलाई भने ज्यान मार्ने उद्योग मुद्दामा चलाएको मोरङ प्रहरीले जनाएको छ ।

हिन्दु राज्यको माग गर्दै गरेको आन्दोलन सफल नभएपछि पूर्वराजा ज्ञानेन्द्रसँग निकट रहेका श्रीनिवासले धार्मिक हिंसा भड्काउन र हिन्दूवादीहरुलाई आन्दोलनका लागि उक्साउन आफूलाई गोली हान्ने योजना बनाएका थिए । उनकै योजनाअनुसार आफूले गोली हानेको बयान चौधरीले प्रहरीमा दिएका छन् ।

गत चैत २५ गते विराटनगरको जतुवामा बास बसेको स्थानमा शौच गर्न निस्किएका बेला श्रीनिवासमाथि गोली प्रहार भएको थियो । पाखुरामा गोली प्रहार गर्ने योजना भएपनि दायाँ छातीको कुममुनिको भागमा गोली लागेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes