सुन गायव प्रकरण : अभियुक्तको बयान फेरियो - Pahilo Online

सुन गायव प्रकरण : अभियुक्तको बयान फेरियो

प्रहरीले अभियोगपत्रसाथ प्रस्तुत गरेको बयानलाई अभियुक्तले अदालतसमक्ष इन्कार गरे

writer

पहिलो अनलाइन

विराटनगर । अन्तराष्ट्रिय विमानस्थलबाट आएको साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या मुद्दाका ३० जना अभियुक्तको बयान फेरिएको स्रोतले जनाएको छ ।

अन्तराष्ट्रिय विमानस्थलबाट सुन भित्र्याउन सहयोगी भूमिका निर्वाह गर्ने कर्मचारीहरूले बयान फेरेको स्रोतको दाबी छ । ‘अभियुक्तले अदालतमा बयान दिने क्रममा प्रहरी अधिकारी र विमानस्थलका कर्मचारीले बयान परिवर्तन गरेका छन्,’ स्रोतले भन्यो, ‘बयान दिने विमानस्थलका कर्मचारीले सुन आएकोबारे आफूलाई केही थाहा नभएको बताएका छन् ।’

उनीहरुले आफूहरुले कार्यालयको कर्मचारीका हैसियतमा पूरा गर्नुपर्ने जिम्मेवारी मात्र निर्वाह गरेको दाबी थियो । प्रहरीले अभियोगपत्रसाथ प्रस्तुत गरेको बयानलाई उनीहरुले अदालतसमक्ष इन्कार गरेका छन् ।

यसैबीच मुद्दा दर्ता गरी न्यायिक हिरासतमा रहेका ३० जना अभियुक्तको बयान चार दिन लगाएर मंगलबार सकिएको छ । अभियुक्तको बयान सकिएसँगै बिहीबारदेखि थुनछेक बहस सुरु हुने जिल्ला अदालत मोरङका स्रेस्तेदार नवराज दुलालले जानकारी दिनुभयो । ‘चार दिन लगाएर अभियुक्तको बयान सकिएको छ,’ उहाँले भन्नुभयो, ‘बुधबार कानुन दिवसको विदा भएकोले बिहीबारदेखि थुनछेक बहस सुरु हुनेछ ।’

मंगलबार तीन जना अभियुक्तको बयान लिएसँगै पक्राउ परेका सबै अभियुक्तको बयान सकिएको हो । अन्तिम दिन बहालवाला एससपी दिवेस लोहनी, डिएसपीद्वय प्रजित केसी र सञ्जय राउतको बयान सकिएको स्रेस्तेदार दुलाले जानकारी दिनुभयो ।

यसअघि सोमबार पूर्व डिआइजी गोविन्द निरौला, निलम्बित प्रहरी उपरीक्षक विकासराज खनाल, सइ बालकृष्ण सञ्जेल, हवल्दार अमरबहादुर थापा र जवान विष्णुबहादुर खड्काको बयान लिइएको थियो । यसैगरी विमानस्थलका कर्मचारीहरू राजन थापा, पुण्य लामा, गोपाल श्रेष्ठ, हेमन्त गौचन, राजु महर्जन, अमरमान डंगोल, तुलाराम थारूको पनि बयान सकिएको छ ।

यसअघि राजन कुमार, टेकराज मल्ल ठकुरी, माधव भन्ने मदनप्रसाद घिमिरे, मोहन काफ्ले, लाक्पा शेर्पा र कृष्ण भन्ने नरेन्द्र कार्कीका छन् । त्यसैगरी व्यापारी भुजुङ गुरुङ, राजेन्द्रकुमार शाक्य र महावीर गोल्यान, विमानस्थलका कर्मचारीहरु लालबहादुर मगर, वीरेन्द्रमान श्रेष्ठ, दोराम खत्री, कपिलराज पुरी र बालकृष्ण श्रेष्ठको बयान लिइएको थियो । मोरङ अदालतको ६ नम्बर इजलासमा न्यायाधिश नारायणप्रसाद शर्माले ३० जना अभियुक्तको बयान लिनुभएको थियो । साढे ३३ किलो सुन तस्करी र सनम शाक्यको हत्या मुद्दामा प्रहरीले ६३ जनाविरुद्ध गएको बुधबार मुद्दा दायर गरेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes