अवैध सुन प्रकरण : २७ जनाको बयान सकियो - Pahilo Online

अवैध सुन प्रकरण : २७ जनाको बयान सकियो

writer

पहिलो अनलाइन

विराटनगर । अवैध साढे ३३ किलो सुन गायव र उर्लाबारीका सनम शाक्यको हत्या अभियोगमा पक्राउ परेका प्रहरी अधिकारीसहित २७ जना अभियुक्तको बयान सकिएको छ ।

पक्राउ परेका ३० मध्ये सोमबारसम्म २७ जना अभियुक्तको बयान सोमबारसम्ममा सकिएको हो । जिल्ला अदालत मोरङमा सोमबार मात्रै १२ जना अभियुक्तको बयान लिइएको थियो ।

बिहीबारदेखि सुरु भएको बयान आइतबारसम्ममा १५ जनाको सकिएको थियो । जिल्ला अदालत मोरङका श्रेस्तेदार नवराज दुलालका अनुसार न्याधिक हिरासतमा रहेका तीन जना अभियुक्तको मात्र बयान बाँकी छ । उहाँका अनुसार एससपी दिवश लोहनी, डिएसपी प्रजित केसी र सञ्जय राउतको बयान मंगलबार हुनेछ ।

सोमबार पूर्व डिआइजी गोविन्दप्रसाद निरौला, एसएसपी विकाशराज खनाल, सई बालकृष्ण सन्जेल र जवान विष्णुबहादुर खड्काको बयान सकिएको छ । बयान सकिएको यी प्रहरीको उक्त घटनामा संलग्न देखिएपछि पक्राउ परेका थिए । त्यस्तै विमानस्थलका कर्मचारी राजन थापा, तक्ले भन्ने पुण्यप्रसाद लामा, गोपाल श्रेष्ठ, हेमन्त गौतम, राजु महर्जन, अमरमान डंगोल, तुलाराम थारु, अमर मगरको बयान सकिएको छ ।

यसअघि २०६९ सालदेखि अवैध रुपमा सुनको कारोबारी गर्ने भुजु गुरुङ, व्यापारी राजेन्द्रकुमार शाक्य, महावीर गोल्यान, विमानस्थलको कर्मचारी एलबी भन्ने लालबहादुर मगर, विरेन्द्रमान श्रेष्ठ, सम्बिर प्रसाद तोलाङ्गे, बालकृष्ण श्रेष्ठ, तुलाराम खत्री, गोरेको विश्वास पात्र भनिएका टेकराज मल्ल ठकुरी, मोहन काफ्ले, लाक्पा शेर्पा, माधब भन्ने मदनप्रसाद घिमिरे, कृष्ण भन्ने नरेन्द्र कार्की र राजन कुमारको बयान सकिएको थियो ।

मोरङ अदालतको ६ नम्बर इजालमा न्यायाधीश नारायणप्रसाद शर्माको रोहबरमा बयान सुरु भएको हो । मंगलबार अन्तिम बयान सकिएपछि थुनछेक बहस सुरु हुनेछ ।

गत बुधबार मोरङ अदालतमा मुद्दा दर्ता गरेको ६३ जनामध्ये न्यायिक हिरासतमा आठ जना प्रहरी अधिकारीसहित ३० जना छन् भने ३३ जना अझै फरार छन् । फरार हुनेमा मुख्य नाइके चँुडामणि उप्रेती गोरेसहित बहालवाल एससपी श्याम खत्रीसमेत छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes