उर्लाबारीको क्रसर मापदण्ड विपरीत - Pahilo Online

उर्लाबारीको क्रसर मापदण्ड विपरीत

writer

पहिलो अनलाइन

उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिका–१ मा सञ्चालमा रहेको पूर्वेली क्रसर उद्योग मापदण्ड विपरित सञ्चालनमा रहेको पाइएको छ ।
क्रशर उद्योग सञ्चालनको लागि सरकारले बनाएको कुनैपनि मापदण्ड पुरा नगरी यो क्रसर उद्योग सञ्चालन भइरहेको छ ।

सरकारले क्रशर उद्योगलाई राजमार्गबाट ५ सय मिटर, खोला किनारबाट ५ सय मिटर, विद्युत हाईटेन्सन लाईनबाट सय मिटर, शिक्षण संस्था, स्वास्थ्य संस्था, धार्मिक सांस्कृतिक, पुरातात्विक महत्वका स्थान, सुरक्षा निकाय, वन, निकुञ्ज र आरक्ष, घनाबस्तीबाट २ किलोमिटर दुरी बाहिर मात्र सञ्चालन गर्नुपर्ने मापदण्ड तोकेको छ । वातावरण संरक्षण ऐन, २०५३ र नियमावली, २०५४ को प्रावधानअनुसार प्रारम्भिक वातावरणीय परीक्षण (आइइइ) र वातावरणीय प्रभाव मूल्यांकन (इआइए) पनि नगरी उद्योग सञ्चालन भएको पाइएको छ ।

खानी तथा खनिज पदार्थ ऐन, २०४२ र नियमावली, २०५६ अन्तर्गत खनिज कार्य गर्न चाहने व्यक्तिले खानी तथा भूगर्भ विभागको अनुमति लिनुपर्ने र अनुमतिप्राप्त गरेको व्यक्तिले खनिज कार्य गर्दा वातावरणमा प्रतिकूल असर पार्न नहुने लगायतका विभिन्न प्रक्रिया तथा शर्तहरूको पालना गर्नुपर्ने बाध्यकारी नियमको व्यवस्था छ । सार्वजनिक स्थल, खोला र मानव वस्तीभन्दा २ किलोमिटर टर नजिक क्रसर सञ्चालन गर्न नपाइने प्रावधान रहेपनि बक्राहा खोलाकै धारमा केही महिनाअघि पूर्वेली क्रसर उद्योग सञ्चालन गरिएको छ । गुम्बा, विद्यालय र मानव वस्तीकै बीचमा क्रसर छ ।

केही दिन अगाडि प्रदेश नं. १ को प्रदेशसभा बैठकमा बोल्दै मोरङ क्षेत्र नं. १ का प्रदेश सांसद कुलप्रसाद साम्बा लिम्बूले मापदण्ड विपरीत सञ्चालनमा रहेका क्रसरहरु बन्द गराउन सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । तर, त्यसको सुनुवाई भएको छैन । मोरङमा सञ्चालनमा रहेका २२ वटा क्रसर उद्योगमध्ये ८ वटा मात्रै दर्ता भएका छन् ।

अवैध रुपमा उद्योगहरुले जथाभाबी उत्खनन् गरिरहेको विषयमा सरकारको ध्यान जान नसकेको गुनासो आइरहेको छ । मापदण्ड विपरीत ठूला मेसिन प्रयोग गरी खोलानालाबाट प्राकृतिक स्रोत दोहन भइरहेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes