३३.५ किलो अवैध सुन प्रकरण :  बयान सुरु - Pahilo Online

३३.५ किलो अवैध सुन प्रकरण :  बयान सुरु

writer

पहिलो अनलाइन

विराटनगर । अन्तराष्ट्रिय विमानस्थलबाट अवैध रुपमा भित्रिएको साढे ३३ किलो सुन तस्करी र शनम शाक्यको हत्याको आरोपमा पक्राउ परेका अभियुक्तहरुको बयान बिहीबारदेखि जिल्ला अदालत मोरङमा सुरु भएको छ ।

मोरङ जिल्ला अदालतको ६ नम्बर इजलासमा जिल्ला न्यायधिश नारायण प्रसाद शर्माले बयान लिन सुरु गरेका हुन् ।

पहिलो दिन टेकराज मल्ल ठकुरी, मोहन काफ्ले, लाक्पा शेर्पा, माधब भन्ने मदन प्रसाद घिमिरे, कृष्ण भन्ने नरेन्द्र कार्की र राजन कुमारको बयालन लिने क्रमम सुरु भएको जिल्ला अदालत मोरङका स्रेस्तेदार नवराज दुलालले जानकारी दिनुभयो । अभियुक्त मध्धे टेकराज, मोहन, नरेन्द्रलाई प्रहरीले शनम शाक्यको शवसहित १९ फागुनमा प्रहरीले विराटनगरबाट पक्राउ गरेको थियो ।

पहिलो दिन लिएको अभियुक्तहरुको बयान समय अभाव भएकोले अभियुक्तको बयान लम्बिएको कारणले शुक्रबार पनि यी अभियुक्तको बयान हुने भएको छ । बुधबार अदालतमा मुद्दा दर्ता गरेको ६३ जना मध्ये न्यायिक हिरासतमा रहेको सात जना प्रहरी अधिकारीसहित २९ जनाको बयान लिन सोमबारसम्म लाग्ने श्रेस्तेदार दुलालको भनाइ छ ।

यसअघि बुधबार ७ प्रहरी अधिकारीसहित ६३ जनाविरुद्ध अपराधिक समूह स्थापना, सुन चोरी पैठारी, चोरी निकासीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तब्य ज्यानमा मुद्दा दायर गरिएको थियो । अभियुक्त २९ जना पक्राउ परेका छन् भने मुख्य नाइके चुडामणी उप्रती गोरे, एसएसपी श्याम खत्रीसहित ३४ जना फरार छन् ।

अदालतमा पेश भएका प्रतिवादीको बयान समाप्त भएपछि उनीहरूको मुद्दाको पेशी तोकी थुनछेक बहस सुरु हुनेछ । मिलेमतोमा अवैध रुपमा सुन तस्कर गर्ने ‘गोरे समूह’ले त्रिभुवन विमानस्थलबाट हालसम्म ३८ सय किलो सुन तस्करी गर्दै १७ अर्ब १ करोड ८० लाख रुपैयाँ राज्यलाई नोक्सान पु¥याएको दाबी गरिएको छ । सरकारी वकिलको कार्यालयले उक्त रकम विगोको रुपमा उनीहरुसँग असुल हुनुपर्ने माग–दावी गर्दै जिल्ला अदालत मोरङमा मुद्दा दायर गरेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes