महेन्द्र मोरङ क्याम्पसमा आंशिक शिक्षकको आन्दोलन - Pahilo Online

महेन्द्र मोरङ क्याम्पसमा आंशिक शिक्षकको आन्दोलन

विद्यार्थीको पठन–पाठन प्रभावित

writer

पहिलो अनलाइन

विराटनगर । पूर्वाञ्चलको सबैभन्दा ठूलो क्याम्पस महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा एक महिनादेखि पठन–पाठन ठप्प छ । आंशिक शिक्षकले आन्दोलन भन्दै कक्षा कोठा बहिष्कार गरेपछि पठन–पाठन प्रभावित भएको हो । विद्यार्थीले आफूहरुको पढ्न पाउने अधिकारको हनन् गरेको भन्दै क्याम्पस प्रशासनसँग आक्रोश व्यक्त गरेका छन् ।

औपचारिक रुपमा बुधबारदेखि आंशिक प्राध्यापकहरुले अध्यापनको काम बहिस्कार गरेको भएपछि एक महिना अगाडिदेखि महेन्द्र मोरङ क्याम्पसमा राम्ररी पढाइ भएको छैन । विद्यार्थीका अनुसार शिक्षक नआउने, आएपनि विभिन्न कारण देखाउँदै बाहिरिने गरेका छन् । त्रिभुवन विश्वविद्यालय अन्तर्गत रहेका क्याम्पसका आंशिक शिक्षकको व्यवस्थापनमा ध्यान नदिँदा विद्यार्थीको पठन पाठन प्रभावित भएको हो ।

क्याम्पसमा संचालित सम्पूर्ण सङ्कायमा अधिकतम कक्षा आंशिक शिक्षकले लिइरहेका छन् । तर उनीहरू आफ्ना माग पुरा गराउन भन्दै कक्षाकोठा बहिस्कार गरेका हुन् । आंशिक प्राध्यापक संघ इकाइ समितिकी संयोजक सजना दाहालले श्रम ऐनले तोकेको न्यूनतम पारिश्रमीक पनि नदिएको कारण आन्दोलन गर्न बाध्य हुनुपरेको बताउनु भयो । त्रिभुवन विश्वविद्यालयले आफूहरुलाई करारमा वा मासिक तलबमा काम गराउनुपर्ने उहाँको माग छ ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गतका ६० वटा क्याम्पसमा अध्यापन गराउने शिक्षकको संख्या १४ सय २० रहेको बताइएको छ । हाल क्याम्पसले आंशिक शिक्षकलाई १ पिरियडको ३ सय ६ रुपैयाँ मात्रै दिने गरेको छ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर तिर्थराज खनियाले देशभरीका १४ सय २० आंशिक प्राध्यापकहरुका लागि दरबन्दी थपका गर्न सरकारलाई पत्र पठाइसकेकोले सरकारको निर्देशन बमोजिम काम अगाडि बढाउने बताउनुभएको छ ।

पूर्वप्राधानमन्त्री शेरबहादुर देउवाले आंशीक शिक्षकलाई करारमा नियुक्ति गर्न ८ करोड बजेट छु्ट्याएको थियो । तर, अहिलेको सरकारले बजेट अभाव देखाउँदै उक्त निर्णय कार्यान्वन गर्न नदिएको शिक्षकको दाबी छ । महेन्द्र मोरङ क्याम्पसमा मात्रै ५७ जना आंशिक प्राध्यापकले पठन–पाठन गराउँदै आएका छन् । विश्व विद्यालयले आंशिक शिक्षकको व्यवस्थापन तत्काल गर्दै विद्यार्थीको पठन–पाठन सुचारु गराउनु आवश्यक देखिएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes