१ नं. प्रदेशसभा बैठक : आकस्मिक कोष संचालन कार्यविधि पारित - Pahilo Online

१ नं. प्रदेशसभा बैठक : आकस्मिक कोष संचालन कार्यविधि पारित

writer

पहिलो अनलाइन

विराटनगर । १ नम्बर प्रदेशसभाको बैठकले आर्थिक मामिला तथा योजनामन्त्रालयले प्रस्तुत गरेको आकस्मिक कोष संचालन कार्र्यविधि विधेयक पारित गरेको छ ।

प्राकृतिक विपत्ती तथा दैवि प्रकोपमा परेका पीडितहरुलाई राहत, क्षतिपूर्ति र उद्धार गर्न बनेको विधेयकका लागि दिइएको समयमा एउटा पनि संशोधन प्रस्ताव पेश नभएपछि उक्त प्रस्ताव सर्वसम्मतीले पारित भएको हो । गत वैशाख १२ गते बसेको प्रदेशसभा बैठकमा मन्त्री इन्द्रबहादुर आङ्बोले उक्त प्रस्ताव पेश गर्नुभएको थियो ।

यसैबीच बिहीबार नै बसेको प्रदेशसभाको दोस्रो बैठकमा जिल्ला सभा संचालन सम्बन्धी कार्यविधि विधेयक पेश भएको छ । आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले उक्त विधेयक संसदमा पेश गर्नुभएको हो ।

विधेयकमाथि सामान्य सैद्धान्तीक छलफल भएको छ । सैद्धान्तिक छलफलमा सांसदहरु इन्द्रमणी पराजुली, शिवनारायण गनगाई, धिरेन्द्र शर्मा, लक्ष्मण तिवारीलगायतले भाग लिनु भएको थियो । सांसदहरुले विधेयकमाथि गरेको टिप्पणीको जवाफ दिँदै आन्तरिक मामिला तथा योजनामन्त्री हिक्मत कार्कीले सबैको भावनालाई समेटेर जिल्लासभा संचालन नियमावलीलाई समृद्ध बनाउने बताउनु भयो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes