'प्रदेश १ को नाम सगरमाथा वा कोशी राखौं' - Pahilo Online

‘प्रदेश १ को नाम सगरमाथा वा कोशी राखौं’

writer

पहिलो अनलाइन

दमक । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश १ को नाम सगरमाथा वा कोशी राख्न सुझाव दिनुभएको छ । उहाँले राजधानी तोक्न ढिलाई भइरहेको बताउँदै प्रदेश सरकारको ध्यानाकर्षणसमेत गराउनु भएको छ ।

झापाको दमकमा खानेपानी आयोजनाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रदेश १ मा सप्तकोशी बग्ने र विश्वमा चिनिएको सगरमाथासमेत भएको उल्लेख गर्दै सोही नाम उपर्युक्त हुने बताउनु भयो ।

‘यस प्रदेशमा सप्तकोशी बग्छ तर, कोशी प्रदेश भन्न हामी सक्दैनौं’, उहाँले भन्नुभयो, ‘विश्वमा चिनिएको सगरमाथा छ तर, सगरमाथा प्रदेश भन्न हामी गाह्रो मान्छौं, त्यसैले यस प्रदेशको नामांकरण गर्न ढिलाई भएको हो ।’

प्रधानमन्त्री ओलीले कार्यक्रममा उपस्थित प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीलाई तत्काल नामांकरण र राजधानी तोक्न सुझाव दिनुभयो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • स्थायी लेखा नं. ६०९५४०३५६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • फोन : N/A
  • मोबाइल नं.: ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2023 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes