भैँसी सुन्दरी प्रतियोगिता हुने - Pahilo Online

भैँसी सुन्दरी प्रतियोगिता हुने

writer

पहिलो अनलाइन

इटहरी । सुनसरीको इटहरीमा भने वातावरण तथा पर्यावरण संरक्षण केन्द्रले भैसी सुन्दरी प्रतियोगिता आयोजना गर्ने भएको छ ।

नेपालमै पहिलो पटक आयोजना गर्न लागिएको प्रतियोगितामा इटहरी र आसपासका भैसीपालक किसानहरुका स्वस्थ भैसी समावेश गरिने तयारी भएको आयोजक संस्थाका अध्यक्ष टङ्क दाहालले जानकारी दिनुभयो ।

पशु सम्बन्धि चिकित्सकहरुको स्वास्थ्य जाँच एवम निरीक्षण अवलोकनपछि स्वस्थ भए वा नभएको निर्णयका आधारमा प्रतियोगितामा पहिलो घोषित हुने भैसीलाई ११ हजार रुपैयाँ नगदसहित अन्य पुरस्कार प्रदान गरिनेछ । त्यसैगरी प्रतियोगितामा दोस्रो हुने भैसीलाई ९ हजार, तेस्रो हुने भैसीलाई ५ हजार र चौथो हुने भैसीलाई ३ हजार ५ सय रुपैयाँ नगद प्रदान गरिनेछ ।

प्रतियोगितास्थलमा ल्याइएका भैसीले सोही प्रतियोगिताका क्रममा पाडोपाडी जन्माए त्यस भैसीको बीमासँगै ५ हजार रुपैयाँ नगदसमेत उपलब्ध गराउने आयोजकले जनाएको छ । सिरुवा पर्वको अवसर पारेर आयोजना गर्न लागिएको साँस्कृतिक एवम धार्मिक कार्यक्रमसँगै भैसी सुन्दरी प्रतियोगिता अवधिमा नेपाली समुदायले प्रयोगमा ल्याउँदै आएको लोपोन्मुख ढिकी जाँतो चलाउने तथा धान कुट्ने कोदो पिस्ने तथा माटोको हाँडीमा मकै वा अन्य खाद्यान्न भुट्ने कला आदिका विषयमा समेत विद्यार्थीहरुलाई जानकारी दिने कार्यक्रम छ ।

बैशाख २८ देखि ५ दिनसम्म इटहरीमा चल्ने यो धार्मिक एवम साँस्कृति महोत्सव एक लाख जनाले अबलोकन गर्ने आयोजकको अपेक्षा छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes