इन्धनमा मूल्यवृद्धि - Pahilo Online

इन्धनमा मूल्यवृद्धि

writer

पहिलो अनलाइन

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य पुनः बढाएको छ ।

निगमले बुधबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलमा २ रुपैयाँ र डिजेल र मट्टितेलमा ३/३ रुपैयाँ मूल्यबृद्धि गरेको हो ।

मूल्यवृद्धिपछि पेट्रोलको मूल्य प्रतिलिटर १०८ तथा डिजल र मट्टितेल प्रतिलिटर ९० रुपैयाँ पुगेको छ । निगमले खाना पकाउने ग्यासको मूल्य भने बढाएको छैन । खाना पकाउने ग्यासमा निगमलाई प्रतिसिलिण्डर ६४।२९ रुपैयाँ घाटा रहेको जनाएको छ ।

अहिले नेपालमा पेट्रोल भारतमा भन्दा २१.९२ र डिजेल २४.६१ रुपैयाँ सस्तो रहेको निगमको भनाइ छ । अन्तराष्ट्रिय बजारमा इन्धनको मूल्य बढेकोले नेपालमा पनि बढाउनु परेको निगमका प्रवक्ता विरेन्द्र गोइतले जानकारी दिनुभयो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes