सुन गायव प्रकरण : ६३ जनाविरुद्ध मुद्दा दर्ता (फरारको सूचीसहित) - Pahilo Online

सुन गायव प्रकरण : ६३ जनाविरुद्ध मुद्दा दर्ता (फरारको सूचीसहित)

‘अपराधिक समूह स्थापना र संचालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोबार अपहरण तथा शरिर बन्धक र कर्तव्य ज्यान मुद्दा’

writer

विराटनगर । अन्तराष्ट्रिय विमानस्थलबाट अवैध रूपमा भित्रिएको साढे ३३ किलो सुन तस्करी र उर्लाबारीका सनम शाक्यको हत्याको आरोपमा पक्राउ परेका ६३ जनाविरूद्ध जिल्ला अदालत मोरङमा मुद्दा दर्ता भएको छ ।

पक्राउ परेका ७ प्रहरी अधिकारीसहित २९ जना र ३४ जनालाई फरार अभियुक्त बनाएर प्रहरीले बुधबार मुद्दा दर्ता गरेको हो । पक्राउ गरेका पूर्व डिआइजी गोविन्दप्रसाद निरौलासहित सात उच्च तहका प्रहरी अधिकारी र अन्य २२ जना र फरार ३४ जना अभियुक्त विरुद्ध अभियोग पत्र दर्ता गरेको हो ।

प्रहरीले पक्राउ परेका विरुद्ध ‘अपराधिक समूह स्थापना र संचालन गरि सुन चोरी निकासीको अवैध कारोवार, अपहरण तथा शरिरबन्धक र कर्तव्य ज्यान’ को मुद्दामा कारवाही गर्नुपर्ने उल्लेख छ । पक्राउ परेका तथा फरार प्रतिवादीमध्ये ७ जनालाई अपहरण तथा शरिर बन्धक र कर्तव्य ज्यान तथा सुन चोरी निकासीको अभियोग लगाइएको छ । त्यस्तै पक्राउ परेका प्रहरी अधिकृतहरुलाई संगठित अपराधमा मिलेमतो गरि सुन चोरी निकासीमा सहयोग गरेको अभियोग लगाइएको छ ।

बहालवाला प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिवेश लोहानीसहित पूर्वडीआईजी गोविन्द निरौला, एसपी विकासराज खनाल, डीएसपीद्वय प्रजित केसी, सञ्जय राउत, सई बालकृष्ण सन्जेल र जवान विष्णुबहादुर खड्काविरुद्ध संगठित अपराध सम्बन्धी मुद्दा दर्ता भएको छ ।

त्यस्तै विमानस्थलका कर्मचारी लालबहादुर मगर, हेमन्त गौचन, वीरेन्द्रमान श्रेष्ठ, सम्बिर तोलाङ्गे, बालकृष्ण श्रेष्ठ, दोरम खत्री, कपिलराज पुरी, गोपाल श्रेष्ठ, पुण्य लामा, राजन थापा, राजु महर्जन, अमर डंगोल, तुलाराम थारू र व्यापारीहरु महावीर गोल्यान राजेन्द्रमान शाक्य र राप्रपा नेता भुजुङ गुरुङविरुद्ध पनि संगठित अपराधमा मुद्दा दर्ता भएको छ ।

अवैध सुन तस्करी र सनम शाक्य हत्याको मुख्य गिरोह चुँडामणि उप्रेती गोरेसहित १४ जनालाई अपराधिक समूह स्थापना संचालन गरी सुन चोरी पैठारी, अपहरण तथा शरीर बन्धन र कर्तव्य ज्यानमा मुद्दा दर्ता गरेको हो । प्रहरीले मोहन काफ्ले, टेकराज मल्ल ठाकुरी, नरेन्द्र कार्की, लाक्पा शेर्पा, माधव भन्ने मोहन घिमिरेलाई, राजनकुमारलाई कर्तव्य ज्यान र संगठित अपराध मुद्दा चलाइएको छ । सुन तस्करी प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती गोरे भने अझै फरार छन् ।

१७ अर्ब १ करोड रुपैयाँ बिगो

अभियुक्तहरुले सन् २०१५ देखि अहिलेसम्म ३ हजार ८ सय किलोग्राम सुन तस्करी गरेको भन्दै १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय १३ रुपैयाँ बिगो दाबी गरिएको छ । अभियोगपत्रमा ३७ लाख ९९ हजार ५ सय ६५ ग्राम सुन चोरी निकासी गरेको जिल्ला अदालत मोरङका स्रेतेदार नवराज दुलालले जानकारी दिनुभयो । मुद्दा दर्ता भएको अभियुक्तको बिहीबार अदालतमा उपस्थित गराइ बयान लिने कार्य सुरु हुने बताइएको छ ।

प्रहरीद्वारा अभियुक्तमाथि विभेद

सुन तस्करी, अपहरण तथा शरिर बन्धक र कर्तव्य ज्यान तथा सुन चोरी निकासी तथा अपराधिक समूह स्थापना र संचालन गरेको एउटै मिसिलमा मुद्दा चलाइएका अभियुक्तबीच प्रहरीले विभेदपूर्ण व्यवहार गरेको छ । अदालतमा उपस्थित गराउने क्रममा प्रहरी कर्मचारीलाई हत्कडी लगाइएको थिएन भने अन्यलाई हातमा हत्कडी लगाएर अदालत लगिएको थियो । शौचालय आवत–जावतमा पनि प्रहरी अधिकृतलाई सहजता थियो भने अन्य अभियुक्तले त्यो अवसर पाएनन् ।

पत्रकारलाई दुव्र्यवहार

जिल्ला अदालत मोरङमा अभियोगपत्र पेश गरेर बाहिरिने क्रममा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) दिवेश लोहनीले समाचार संकलन गर्न गएका पत्रकारलाई दुव्र्यवहार र अपशव्द प्रयोग गरेको भन्दै पत्रकार महासंघ मोरङले कारबाहीको माग गरेको छ ।

सुन तस्करी र हत्याको घटनामा संलग्नहरू विरुद्ध अभियोग पत्र दर्ता गर्ने खवर पाएका पत्रकारहरु बुधबार विहानैदेखि जिल्ला अदालत परिसरमा भेला भएका थिए । प्रहरीले उनीहरूलाई विभिन्न बाटो प्रयोग गरेर अदालत पु¥याएको थियो । अभियुक्तहरु अधिकांशले मुख लुकाएका थिए । बाहिरिने क्रममा फोटो खिचिरहेका पत्रकारमाथि दुव्र्यवहार र अपशव्द बोल्दै लोहनीले ‘पत्रकार खिच कति चाहिन्छ फोटो’ भन्दै झम्टिएका थिए ।

उनले पत्रकार धुव्र भट्टराई र सुमन सुस्केरालाई दुव्र्यवयहार गरेका थिए । यस्तै पत्रकार अनन्त न्यौपाने, अनिल श्रेष्ठलाई फोटो खिच्ने क्रममा अपशब्द प्रयोग गरेको महासंघ मोरङले जनाएको छ । घटनाको महासंघले घोर भत्र्सना गर्दै स्वतन्त्रतापूर्वक समाचार संकलन र सम्प्रेषणको वातावरण तयार गर्न र संचारकर्मीमाथि दुव्र्यवहार गर्दै आक्रमणको प्रयास गर्ने अभियुक्त लोहनी माथि थप कारबाही गर्न सरकारसँग जोडदार माग पनि गरेको छ ।

यस्ता छन् फरार अभियुक्त

१ मोहनकुमार अग्रवाल (एमके)
२ चुणमणी उप्रेती (गोरे)
३ रमेश उप्रेती
४ नर्वदा खरेल उप्रेती (निरु)
५ दुर्गा खरेल (उप्रेती)
६ बेनु श्रेष्ठ
७ हरिशरण खड्का
८ कृष्ण बस्नेत
९ मोहमद उस्ताम मिया (रुस्तम)
१० भविन राई (बोलाउने नाम भविन तामाङ)
११ कमल कार्की
१२ संदिप खडका
१३ चेतनाथ भण्डारी
१४ सुनिल अग्रवाल
१५ प्रमोद श्रेष्ठ
१६ रोहित आचार्य
१७ छिरिङ्ग वाल्देल घले
१८ भोजराज भण्डारी
१९ रक्षा भण्डारी
२० प्रयास पराजुली
२१ सुरेन्द्र गौतम
२२ श्यामबहादुर खत्री
२३ अम्बरबहादुर थापा मगर
२४ टुकबहादुर मगर
२५ माधव आचार्य
२६ गिता श्रेष्ठ
२७ समिर अधिकारी
२८ सन्जय अधिकारी
२९ रामहरी कार्की
३० गुप्तलाल भुसाल
३१ अर्जुनप्रसाद खरेल
३२ सुनिल श्रेष्ठ
३३ शिवकुमार गुभाजु
३४ मणिराज चौलागाई

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes