‘उद्योगी–मजदुरबीच सहकार्य आवश्यक’ - Pahilo Online

‘उद्योगी–मजदुरबीच सहकार्य आवश्यक’

writer

पहिलो अनलाइन

विराटनगर । प्रदेश नम्बर एकका प्रमुख डाक्टर गोबिन्द तुम्बाहाङले उद्योगी र मजदुरबीच आपसी समझदारी भएमात्र मुलुकमा समृद्धि आउने बताउनुभएको छ ।

मजदुर दिवसको अवसरमा उद्योग संगठन मोरङले मंगलबार गरेको चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।

कार्यक्रममा विराटनगर जुटमिलसहित निजी क्षेत्रको जुटमिलमा लामो समयदेखि सेवारत विराटनगर–१६ की श्रमिक महिला सुनमाया तामाङलाई ११ हजार १ सय ११ रुपैयाँ नगद, दोसल्ला र प्रसंशापत्रसहित सम्मान गरिएको थियो । प्रदेश प्रमुख तुम्बाहाङले तामाङलाई सम्मान गर्नुभयो ।

उद्योग संगठन मोरङका अध्यक्ष मुकेश उपाध्यायले उद्योगी र मजदुरबीच आपसी सम्बन्ध सुदृढ गर्ने उद्देश्यले मजदुर दिवसको अवसरमा कार्यक्रम गरिएको बताउनु भयो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes