सनमको हत्या अनुसन्धानमा खटिएका डिएसपी नै दोषी - Pahilo Online

सनमको हत्या अनुसन्धानमा खटिएका डिएसपी नै दोषी

साढे ३३ किलो सुन गायव प्रकरणमा हत्या गरिएका सनम शाक्यको शव लुकाइदिने भन्दै डिएसपी प्रजित केसीले २ करोडमा बार्गेनिङ गरेको स्रोतको दाबी

writer

पहिलो अनलाइन

विराटनगर । साढे ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्यामा बहालवाला डिएसपी प्रजित केसीसमेत मुछिएपछि विराटनगर ल्याएर मुद्दा चलाएको छ ।

गृह मन्त्राललयको सहसचिब इश्वरचन्द्र पौडलेको नेतृत्वमा गठन भएको छानबिन समितिले डिएसपी केसीलाई पक्राउ गरी अनुसन्धान गर्ने क्रममा उनको पनि संलग्ना देखिएपछि आइतबार प्रहरीले मोरङ अदालतमा कर्तव्य ज्यान, अपहरण र संगठित अपराध मुद्दामा तीन दिनको म्याद थप गरिएको हो । स्रोतका अनुसार केसीले सनमको शव वेपत्ता पारिदिने भन्दै २ करोडमा बार्गेनिङ गरेका थिए ।

अनुसन्धानको लागि केसीलाई शुक्रबार जिप्रका मोरङ ल्याइएको थियो । डिएसपी केसीकै नेतृत्वमा अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले सनम शाक्यको शव मोरङमा बरामद गरेको थियो । सोही अनुसन्धानमा चलखेल भएपछि गृहले सहसचिवको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो ।

हालसम्म प्रहरी अधिकारीसहित मोरङ प्रहरीको हिरासतमा पुग्ने २८ जना मोरङ पुगेका छन् । जसमा ६ जना प्रहरी अधिकारी छन् । पूर्व डिआइजी गोविन्द निरौला, एसपी विकासराज खनाल, डिएसपी सञ्जय राउत, आइतबार म्याद थप भएका केसी, सई बालकृष्ण सञ्जेल र जवान विष्णु खड्का हिरासतमा छन् । ६ जनै निलम्बित भइसकेका छन् ।

प्रहरीले अनुसन्धानका लागि एसएसपी श्याम खत्रीका चालक विष्णु खड्का पक्राउ परेका छन् । एसएसपी खत्री भने अझै फरार छन् । सुन तस्करीको गिरोहलाई उनका चालकले समेत सहयोग गरेको प्रमाण भेटिए पनि उनलाई पक्राउ गरिएको हो ।

एसएसपी खत्री भने छानबिन समितिको सम्पर्कमै आएका छैनन् । नेपाल प्रहरीको हेडक्वार्टरमा कार्यरत उनी दुई सातादेखि कार्यालय समेत गएका छैनन् । उनलाई फरार प्रतिवादी बनाएर मुद्दा चलाउने तयारी भइरहेको बताइएको छ । सुन तस्करी र शाक्य हत्याको अनुसन्धान अन्तिम चरणमा पुगेको स्रोतले बताएको छ । संगठित अपराध मुद्दामा ६० दिनभित्र अनुसन्धान पूरा गरी अदालतमा मुद्दा दायर गरिसक्नुपर्ने हुन्छ । जसअनुसार यही वैशाख १९ गते मुद्दा दर्ता हुनुपर्छ ।

विमानस्थलबाट गत माघ ७ गते तस्करी भएको साढे ३३ किलो सुन हराएपछि तस्करीका नाइके चुडामणि उप्रेती नेतृत्वको समूहले शाक्यलाई करेन्ट लगाएर १८ फागुनमा हत्या गरेका थिए । मुख्य अभियुक्त गोरे भनिने उप्रेति भने फरार छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes