नेपालीको प्रतिव्यक्ति आय १ लाख रूपैयाँ नाघ्यो - Pahilo Online

नेपालीको प्रतिव्यक्ति आय १ लाख रूपैयाँ नाघ्यो

writer

पहिलो अनलाइन

काठमाडौं । चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ५.८९ प्रतिशत हुने भएको छ ।

केन्द्रीय तथ्यांक विभागले अर्थतन्त्र ५.८९ प्रतिशतले बढेर ३० खर्ब रुपैयाँ पुग्ने अनुमान सार्वजनिक गरेको छ । बुधबार तथ्यांक सार्वजनिक गर्दै विभागले प्रति व्यक्ति आम्दानी १ हजार डलर पुगेको जनाएको हो । सरकारले चालु आर्थिक वर्षको बजेटमा ७.२ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेको थियो ।

मध्यावधि समिक्षामा त्यसलाई घटाएर ६ प्रतिशतमा झारिएको थियो । विभागले भने ५.८९ प्रतिशतमात्र हुने विवरण सार्वजनिक गरेको छ । विभागले साढे ५ प्रतिशतभन्दा केही कम हुने जानकारी मन्त्रालयलाई गराएको तर मन्त्रालयले भने ६ प्रतिशत हाराहारी देखाउन दवाव दिएको थियो ।

एसियाली विकास बैंकले आर्थिक वृद्धि ४.९ प्रतिशत मात्र हुने प्रक्षेपण गरेको थियो भने विश्व बैंकले ४.६ प्रतिशत मात्र हुने जनाएको थियो । विभागले गत आर्थिक वर्षको वृद्धि दर ७.३९ प्रतिशत पुगेको जनाएको छ । यसअघि उसले ६.९ प्रतिशत पुगेको जनाएको थियो ।

यसपालि कृषिको वृद्धिदर २.८२ प्रतिशत र गैरकृषिको वृद्धिदर ७.१ प्रतिशतले बढेको छ । अब अर्थतन्त्रको कारण ३० खर्ब ७ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । धान र दलहन बालीको उत्पादन कम हुँदा आर्थिक वृद्धिमा असर गरेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । विद्युत र पानीजन्य क्षेत्र पनि कमजोर रहेको विभागले जनाएको छ ।

गत वर्ष १०५ डलरले बढेर ८ सय ६२ अमेरिकी डलर पुगेको नेपालीहरुको प्रति ब्यक्ति आम्दानीमा यसपाली थप सुधार आएको छ । केन्द्रीय तथ्यांक विभागले प्रति ब्यक्ति आय १ हजार ४ अमेरिकी डलर पुगेको विवरण सार्वजनिक गरेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes