गाउँसभा र नगरसभा संचालन कार्यविधि पारित - Pahilo Online

गाउँसभा र नगरसभा संचालन कार्यविधि पारित

writer

पहिलो अनलाइन

विराटनगर । प्रदेश नम्बर १ को प्रदेशसभा बैठकले गाउँसभा र नगरसभा संचालनकालागि बनेको कार्यविधि विधेयक पारित गरेको छ ।

बुधवार बसेको प्रदेशसभा बैठकले गाउँसभा र नगरसभा संचालन कार्यविधि (विधेयक) २०७४ संशोधनसहित पारित गरेको हो । गत शुक्रबार प्रदेश सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले विधेयक पेश गर्नुभएको थियो ।

सदनमा प्रस्तुत भएको विधेयकमाथि तीन वटा संशोधन प्रस्ताव दर्ता भएको थियो । सत्ता गठबन्धन दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रको तर्फबाट प्रदेशसभा सदस्य लक्ष्मण तिवारीले संयुक्तरूपमा २३ बुँदे संशोधन प्रस्ताव दर्ता गराउनुभएको थियो ।

त्यस्तै नेपाली काग्रेंसका प्रदेशसभा सदस्य सूयर्माराज राईले ६ बुँदे, राप्रपाकी इन्दिरा राईले ५ बुँदे संशोधन प्रस्ताव दर्ता गराउनुभएको थियो । यसअघि संसदको शून्य समयमा प्रदेशसभा सदस्यले आफ्नो क्षेत्रका समस्या तथा जनसरोकारका मुद्दामा बोल्नुभएको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes