चुरे दोहनमा संलग्न दर्जनबढी सवारी साधन नियन्त्रणमा - Pahilo Online

चुरे दोहनमा संलग्न दर्जनबढी सवारी साधन नियन्त्रणमा

writer

पहिलो अनलाइन

अवैध तरिकाले संकलन गरेर थुपारिएको ढुंगा

विराटनगर । मोरङको केराबारी गाउँपालिकामा पर्ने चुरे क्षेत्रको खोलाबाट अवैद्य रुपमा ढुंगा, गिट्टी र बालुवाको उत्खनन् हुने गरेको पाइएको छ ।

चुरे संरक्षण क्षेत्रको खदम खोलाबाट अवैध रुपमा ढुङ्गा, गिटी र बालुवासहित सवारी साधन प्रहरीले पक्राउ गरेपछि उक्त रहस्य खुलेको हो ।

प्रहरीले मोरङ केराबारी गाउँपालिका–७ मुगु स्थित खदम खोलाबाट अवैध रूपमा ढुंगा चोरी पैठारी गरी स्टोक गरी राखेको ठाउँबाट जेसिबी र टिफर नियन्त्रणमा लिएको मोरङ प्रहरीले जनाएको छ ।

प्रहरीले अन टेष्ट जेसिबी मेसिनले ना ७ ख ६९१२ नं. को टिफरमा ढुंगा उठाई रहेको अवस्थामा बरामद गरेको मोरङ प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार बरामद गरेको दुवै सवारी साधनलाई पक्राउ गरी स्टोक गरिएको अन्दाजी ४ हजार ५ सय घनमिटर ढुंगासमेत सिज गरी आवश्यक कारवाहीको लागि ईलाका वन कार्यालय केराबारीमा बुझाईएको छ ।

प्रहरीले १५ दिनको अवधीमा चुरे संरक्षण क्षेत्रमा अवैध ढुंगा, गिट्टी बालुवा उत्खनन् तथा ओसार पसारमा संलग्न ५ वटा टिफर, ४ वटा ट्याक्टर र ४ वटा जेसिवी गरी १३ वटा सवारी साधन र अन्दाजी ५ हजार घनमिटर ढुंगा पक्राउ गरी आवश्यक कारवाहीको लागि सम्बन्धित कार्यालयमा बुझाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes