विराटनगरमा पर्याप्त कार्यालय र आवास - Pahilo Online

विराटनगरमा पर्याप्त कार्यालय र आवास

writer

पहिलो अनलाइन

विराटनगर । मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यसहितको टोलीले प्रदेश सरकारका लागि विराटनगरमा पर्याप्त कार्यालय र आवास रहेको निष्कर्ष निकालेको छ ।

सोमबार विराटनगरमा रहेका सरकारी कार्यालय र तीनका आवासगृह निरीक्षण तथा अनुगमनका क्रममा सहभागीको यस्तो निष्कर्ष निकालेका हुन् । टोलीमा नेपाली कांग्रेसका नेता तथा प्रदेशसभा सदस्य केदार कार्की, विराटनगर महानगरका मेयर भीम पराजुली, जिल्ला समन्वय समितिका संयोजक नरेश पोखरेल, प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य, उद्योग संगठनका अध्यक्ष मुकेश उपाध्याय, बरिष्ठ उपाध्यक्ष भीम घिमिरे र मोरङ व्यापार संघका वरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडा रहेका थिए ।

टोलीले विराटनगरमा रहेको पूर्वाञ्चल क्षेत्रीय सिँचाइ निर्देशनालय, नेशनल ट्रेडिङ, जिल्ला वन, क्षेत्रीय वन, औषधी व्यवस्था विभाग र नेपाल बंैकको भवनलगायतको अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले प्रदेशको राजधानीका लागी विराटनगरमा प्रसस्त भवन तथा आवास रहेको र यसका लागि प्रदेशसरकारसँग समन्वय गरेर काम गर्न तयार रहेको बताउनु भयो ।

यस्तै जिल्ला समन्वय समितिका संयोजक नरेश पोखरेलले आफू बसिरहेको कार्यालय प्रदेशसरकारको आधिकारिक धारणा आउना साथ आफू छोड्न तयार रहेको बताउनु भयो । उद्योगि भीम घिमिरेले प्रदेश नं १ लाई एक नम्बर बनाउन उद्योगीहरू डटेर लाग्ने धारणा व्यक्त गर्नु भयो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • स्थायी लेखा नं. ६०९५४०३५६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • फोन : N/A
  • मोबाइल नं.: ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2023 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes