३३ किलो सुन काण्डमा मुछिएका पूर्व डिआइजी विराटनगर ल्याइयो - Pahilo Online

३३ किलो सुन काण्डमा मुछिएका पूर्व डिआइजी विराटनगर ल्याइयो

writer

पहिलो अनलाइन

विराटनगर । विमानस्थलबाट भएको ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणको अनुसन्धानका लागि पक्राउ परेका पूर्व डिआईजी गोविन्द निरौलालाई विराटनगर ल्याइएको छ ।

पक्राउ परेका पूर्व डिआइजी निरौलालाई बुद्ध एयरलाइन्समार्फत सोमबार दिउँसो २ः३० बजे विराटनगर ल्याएको हो । निरौलालाई जिल्ला प्रहरी कार्यालय मोरङको बा. १ झ १२९१ नम्बरको प्रहरीको भेनमा राखी प्रहरी कार्यालयतर्फ लगेको थियो ।

निरौलालाई लिन विराटनगर विमानस्थलमा जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी निशान्त थापा पुगेका थिए । निरौलालाई मोरङ प्रहरीले म्याद थप गरी अनुसन्धान गर्न विराटनगर ल्याइएको हो । निरौलालाई जिल्ला अदालत मोरङबाट म्याद गराएको मोरङका प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीले जानकारी दिनुभयो ।

निरौलालाई गृह मन्त्रालयको छानबिन समितिले आइतबार पक्राउ गरेको थियो । तस्करलाई सहयोग गरेको देखिएपछि उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । निरौलाले गत चैत २८ मा अवकाश पाएका थिए ।

निरौला गत वर्ष विमानस्थलमा प्रहरी इन्चार्जका रुपमा कार्यरत थिए । तस्करीमा सघाएको खुलेपछि उनलाई त्यहाँबाट हटाइएको थियो । तस्करीको ३३ किलो सुन लुकाएको आरोपमा गत फागुन १८ गते मोरङका सनम शाक्यको हत्या भएको थियो । सो घटनाको अनुसन्धानमा महानगरीय अपराध महाशाखाले लापरबाही गरेर तस्करलाई जोगाएको खुलेपछि गृह मन्त्रालयले छानबिन गरेको हो ।

गृह मन्त्रालयका सहसचिव ईश्वरचन्द्र पौडेल नेतृत्वको समितिले छानविन गर्दै आएको छ । अनुसन्धानका क्रममा विगत ५ वर्षदेखि विमानस्थलबाट सुन तस्करी हुँदै आएको खुलेको हो । घटनामा संलग्न २२ जना पक्राउ परिसकेका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes