समाचार फलोअप : सोल्टी खोलाबाट अबैध निकासी रोकियो - Pahilo Online

समाचार फलोअप : सोल्टी खोलाबाट अबैध निकासी रोकियो

writer

पहिलो अनलाइन

उर्लाबारी । मोरङको उर्लाबारीस्थित सोल्टी र मिक्लुक खोलाबाट नदीजन्य पदार्थ निकासी गर्न रोक लगाइएको छ ।

गत शनिबार प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्की, मोरङ क्षेत्र नं. १ का प्रदेश सांसद कुशल लिम्बू, मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले प्राकृतिक स्रोतको दोहन भएको ठहर गरेका थिए ।

मन्त्री कार्कीसहितको अनुगमन टोलीले सोल्टी र मिक्लुक खोलामा भएको प्राकृतिक स्रोत उत्खनन् मापदण्ड विपरित भएको भन्दै त्यसलाई रोक्न प्रजिअ आचार्यलाई निर्देशन दिएका थिए । सोही निर्देशनअनुसार प्रजिअ आचार्यले स्थानीय प्रशासनलाई खोलाबाट अबैध निकासी रोक्न निर्देशन दिएपछि निकासी रोकिएको हो ।

उर्लाबारी नगरपालिकाका प्रमुख खड्गबहादुर फागोकै निर्देशनमा पूर्वका नामुद ठेकेदार भीम पौडेललाई निकासीको जिम्मा दिएको बताइन्छ । प्रजिअ आचार्यका अनुसार ‘च्यानलाइज’का नाममा बालुवा र मिसगिट्टी निकासी गरी बिक्री गरेको पाइएको छ । सोल्टी खोलामा मापदण्ड विपरित ३ किलोमिटरसम्म बालुका र गिट्टी उत्खनन् गरिएको स्रोतको भनाई छ ।

यस्तै, मिक्लुक खोलामा पनि ५ सय मिटरसम्म अवैध ढंगले मिसगिट्टी निकालेर विक्री गर्ने गरेको पाइएको छ । अबैध तरिकाले नदीजन्य पदार्थ निकासीका विषयमा छानविन गर्ने तयारी थालिएको जनाइएको छ । बालुवा र मिसगिट्टी प्रति टिफरको ६ सय ७५ रुपैयाँ कर र ८ सय रुपैयाँ लोडिङ बापत रकम लिएर निकासी हुँदै आएको तथ्य फेला परेको छ । यस घटनाका बिषयमा ब्यापक छानविन गर्ने र दोषीलाई कार्वाही गर्ने मन्त्री कार्कीले स्थानीयलाई आश्वासन दिएका थिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes