रेमिट सहकारी नयाँ भवनमा - Pahilo Online

रेमिट सहकारी नयाँ भवनमा

writer

पहिलो अनलाइन

विराटनगर । संचालक समितिमा महिला मात्र सदस्य रहेको मोरङको ग्रामथान स्थित रेमिट वचत तथा ऋण सहकारी संस्था सुविधा सम्पन्न भवनमा स्थानान्तरण गरिएको छ ।

ग्रामथान– २ झोराहाटमा रहेको लक्ष्मीनारायण मन्दिरमा रहेको कार्यालयबाट सेवा प्रवाहमा असहज भएपछि सुविधा सम्पन्न भवनमा स्थानान्तरण गरिएको सचिव दीक्षा आचार्यले जानकारी दिइन ।

सो सहकारी संस्थाको सेयर पँुजी १ करोड ३० लाख रहेको छ भने बचत पुँजी ४ करोड ६० लाख रहेको संस्थाकी अध्यक्ष उमा घिमिरेले जानकारी दिइन ।

संस्थाले स्थापना भएको ५ वर्षको अवधिमा ५ करोड ८ लाख लगानी गर्न सफल भएको छ भने सेयर सदस्य ७ सय ६५ पुर्याएको जानकारी दिइएको थियो । स्थानान्तरण कार्यक्रममा राष्ट्रिय सहकारी बैकका अध्यक्ष रमेश पोखरेलले देशमा राजनीतिक संक्रमणकालको अन्त्य हुदै अब आर्थिक उन्नयमा अगाडि बढ्न सहकारी संस्थाहरु महत्वपूर्ण हुने बताए । सो अवसरमा २० हजारको सेयर खरिद गर्नेलाई चाँदीको सिक्का प्रदान गरिएको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes