केरुङ–काठमाडौं रेल बनाइदिन चीनलाई प्रस्ताव - Pahilo Online

केरुङ–काठमाडौं रेल बनाइदिन चीनलाई प्रस्ताव

writer

पहिलो अनलाइन

काठमाडौं । नेपालले चीनसामू काठमाडौं–केरुङ रेललाई अनुदानमा बनाउन प्रस्ताव गरेको छ । चीन भ्रमण पुरा गरी शनिबार स्वदेश फर्किनुभएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले यो रेलमार्गलाई द्वीपक्षीय सम्बन्धको प्रतिकका रूपमा अघि सारिएको बताउनु भयो ।

‘बीआरआई अन्तरगत अरु परियोजनाका विभिन्न मोडल हुनसक्छन् । तर, सीमा आरपार रेल्बे परियोजना चीनको ग्रान्टमा बनोस् भन्ने हाम्रो आग्रह छ,’ उहाँले भन्नुभयो, ‘हामीले यसलाई द्वीपक्षीय सम्वन्धको प्रतिकका रूपमा चीनले अनुदानमा बनाइदिओस् भनेर आग्रह गरेका छौं, यद्यपि हामी छलफलका लागि खुला छौं ।’

मन्त्री ज्ञवालीका अनुसार केरुङ–काठमाडौंका साथै काठमाडौंबाट पोखरा हुँदै लुम्विनी जोड्ने रेलमार्गको सभाब्यता अध्ययन र विस्तृत परियोजना प्रतिवेदन तयारीबारे पनि चीनसरकारसँग छलफल भएको छ ।

दुबै पक्षले ओबरअन्तर्गत पूर्वाधार, यातायात सञ्जाल, व्यापार, पर्यटन क्षेत्रका परियोजना पहिचान गरी समयतालिका बनाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको मन्त्री ज्ञवालीले बताउनु भयो । चिनियाँ सहयोगमा सञ्चालित परियोजनाको प्रभावकारी कार्यान्वयनलाई सहजीकरण गर्न द्विपक्षीय समन्वय तथा कार्यान्वयन संयन्त्र स्थापना गर्ने सहमति पनि भएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • स्थायी लेखा नं. ६०९५४०३५६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • फोन : N/A
  • मोबाइल नं.: ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2023 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes