प्रहरीबाटै ज्यादती भएको आरोप - Pahilo Online

प्रहरीबाटै ज्यादती भएको आरोप

प्रहरी प्रमुख सई ललन यादवले विराटनगर–१८ बुधनगरका रामप्रसाद ऋषिदेवलाई फोन गर्दै ३० हजार माग गरेको गुनासो

writer

पहिलो अनलाइन

पत्रकार सम्मेलन गर्दै पीडित स्थानीय

विराटनगर । इलाका प्रहरी कार्यालय बुधनगरका प्रहरी प्रमुख सई ललन यादवले विराटनगर–१८ बुधनगरका स्थानीयमाथि ज्यादती गरेको आरोप लागेको छ ।

बुधनगरका स्थानीयले शुक्रबार पत्रकार सम्मेलन गरेर प्रहरीले ज्यादती गरेको आरोप लगाएका हुन् । कुनै कारण बेगर प्रहरीले कुटपिट गर्ने र पैसा माग्ने गरेको उनीहरुको दुःखेसो छ ।

सामान्य जग्गा विवाद हुँदा विराटनगर–१८ का रामप्रसाद ऋषिदेवको परिवारलाई नियन्त्रणमा लिएर कुटपीटि गरी प्रहरीले तीन घण्टा पछि छाडेको उनीहरूको भनाइ छ । ‘नयाँ वर्ष मनाएको भोलिपल्ट प्रहरीले मलाई निर्घात कुटपिट गरे,’ पीडित रामप्रसादले भने, ‘सामान्य जग्गा विवाद हुँदा प्रहरीले परिवारका सबैलाई कुटपिट ग¥यो ।’ उनका अनुसार छोरा अनिल, दिपक, ज्वाइँ सतिया ऋषिदेव र श्रीमतीलाई निर्घात कुटपिट गरेको बताए ।

कुटपिटपछि नियन्त्रणमा लिएको प्रहरीले सार्वजनिक मुद्दा लगाउँछु भन्दै डर देखाएर पैसा मागेको उनीले बताए । इलाका प्रहरी कार्यालय बुधनगरका सई यादवसँगै, सोही इलाकाका प्रहरी जवान दिनेश यादवले पनि ऋषिदेव परिवारलाई कुटपिट गरेको उनीहरुको भनाइ छ ।
यादवले स्थानीय पंकज यादव मार्फत घटना मिलाउन र होली पर्वमा मनाउन ऋषिदेव परीवगारसँग पैसा माग गर्ने गरेको स्थानीयको गुनासो छ ।

वैशाख २ गते स्थानीय छोटु बंगालीसँग भएको जग्गा साँध विवाद बढ्दै गएपछि प्रहरी कार्यालय बुधनगरका सही यादवसहितको प्रहरी टोलीले ऋषिदेव परिवारलाई नियन्त्रणमा लिएको थियो ।

पंकजले रामप्रसादका छोरा अनिललाई फोन गर्दै ३० हजार माग गरेका थिए । पंकजलाई गरेको फोनको रेर्कड सुनाउँदै अनिलले होलीमा पनि सइ यादवले ३० हजार रुपैयाँ माग गरेको गुनासो गरे ।

केही समय अगाडिदेखि विदामा बसेका इलाका प्रहरी कार्यालय बुधनगरका सई ललन यादवले कोहीसँग पर्व र घटना मिलाउन पैसा नमागेको बताउँदै आफूलाई बद्नाम गराउने प्रयास भएको दाबी गरे । ‘को पंकज यादव म कसैलाई चिन्दिन, अहिलेसम्म कसैलाई पनि पैसा मागेको छैन,’ उनले भने । उनले ऋषिदेव परिवारलाई समेत कुनै कुटपिट नगरेको बताए । ‘वैशाख २ गते उनीहरूको जग्गाको विषयमा विवाद भएको थियो,’ सई यादवले भने, ‘घटनाले ठूला रुप लिएपछि हामीले नियन्त्रणमा लिएका हौं । बरु ऋषिदेव परिवारले नै प्रहरीलाई हातपात गरेका थिए ।’

यता जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी अरुण कुमार बिसीले घटनाको विषयमा बुझ्न प्रहरी परिचालन गरेको बताए । उनले भने, ‘घटनमा प्रहरी दोषि देखिए कारबाही गर्छौं ।’

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes