प्रदेश १ पत्रकार महासंघ निर्वाचन : कोषाध्यक्षसहित ८ जना निर्विरोध - Pahilo Online

प्रदेश १ पत्रकार महासंघ निर्वाचन : कोषाध्यक्षसहित ८ जना निर्विरोध

writer

पहिलो अनलाइन

विराटनगर । यही वैशाख २२ गते हुने नेपाल पत्रकार महासंघको १ नम्बर प्रदेशको २१ पदको निर्वाचनका लागि ३२ जनाको उम्मेदवारी परेको छ ।

१ नम्बर प्रदेश निर्वाचन समितिमा शुक्रबार भएको उम्मेदवारी दर्ताका क्रममा कोषाध्यक्षसहित ८ जना निर्विरोध भएका छन् । उम्मेदवारको अन्तिम नामावली भने आइतबार प्रकाशित हुने निर्वाचन समितिका संयोजक दीपक दाहालले जानकारी दिनुभयो ।

निर्विरोध निर्वाचित हुनेहरुमा कोषाध्यक्षमा प्रेस चौतारीकी उम्मेदवार अम्बिका भण्डारी, महिला सदस्यहरू युनियनकी रेजिना गौतम, चौतारीकी तीलकुमारी शर्मा र प्रेस सेन्टरकी रिता मोक्तान, दलित सदस्यमा चौतारीका सन्तोष रुचाल र अल्पसंख्यकमा युनियनका इकवाल अहम्मद रहेका छन् । यस्तै आदिवासी जनजाति सदस्यहरु गणेश साम्पाङ राई र केशवकुमार लामा पनि निर्विरोध निर्वाचित भएका हुन् ।

प्रदेशको अस्थायी राजधानी विराटनगरमा रहेको नेपाल पत्रकार महासंघ मोरङमा उमेदवारी मनोनयन केन्द्र तोकिएको थियो ।

प्रदेश समिति निर्माणका लागि पत्रकारहरुको ठूला संगठन प्रेस चौतारी, प्रेस युनियन र प्रेस सेन्टरले संयुक्त उम्मेदवारी दिएका हुन् । ठूला संगठनको सहमति अमान्य रहेको भन्दै संघीय प्रेस फोरम नेपाल, मधेशी पत्रकार समाज, स्वतन्त्र पत्रकार संघ, संघीय पत्रकार युनियन र नेपाल ख्रिस्चियन पत्रकार संघले समान उम्मेदवारी दिने घोषणा गरेका थिए ।

मनोनयन दर्ता गराएका उम्मेदवारहरुमा संयुक्त गठबन्धनबाट अध्यक्षमा चौतारीबाट विक्रम लुईटेल, उपाध्यक्षमा युनियनका सोमनाथ सुवेदी र महासचिवमा प्रेस सेन्टरबाट विवेक गौतम रहेका छन् । यस्तै महिला उपाध्यक्षमा स्मीता निरौला, सचिवमा हरिकुमार राई, समावेशी सचिवमा बुद्धवीर राईलाई संयुक्त प्यानलबाट उठाइएको छ ।

यस्तै युनियन, चौतारी र प्रेस सेन्टरको गठबन्धनलाई चुनौति दिन अध्यक्षमा गोपाल देवान, उपाध्यक्षमा विजय खतिवडा, महिला उपाध्यक्षमा मनिता ताम्लिङ, महासचिवमा कमल देवान, सचिव समावेशीमा सन्तवीर लामाले उम्मेदवारी दिएका छन् ।

यस्तै उपाध्यक्षमा भने प्रेस चौतारीको तर्फबाट मिलनके राउतले बाघी उम्मेदवारी दिएका छन् र खुल्ला सचिवमा प्रेस सेन्टरका मोहन भट्टराईले पनि बाघी उम्मेदवारी दिएका छन् ।

महासंघको विधान अनुसार प्रदेश समितिको अध्यक्ष १, उपाध्यक्ष खुल्ला १, महिला १, महासचिव १, सचिव खुल्ला १, समावेशी १, कोषाध्यक्ष १, खुल्ला सदस्य ५, महिला सदस्य ३, दलित १, आदिवासी जनजाति २, मधेशी २ र अल्पसंख्यक १ गरी २१ सदीयीय समिति निर्माण हुने उल्लेख छ ।

उम्मेदवारी दिनेको नामावली :

अध्यक्ष

१. गोपाल देवान
२. विक्रम लुईटेल (संयुक्त गठबन्धन)

उपाध्यक्ष (खुला)

१. विजय खतिवडा
२. सोमनाथ सुवेदी (संयुक्त गठबन्धन)
३. मिलनके राउत
उपाध्यक्ष (महिला)
१. मनिता ताम्लिङ
२. स्मिता निरौला (संयुक्त गठबन्धन)

महासचिव (खुला)

१. कमल देवान
२. विवेक गौतम (संयुक्त गठबन्धन)
३. रोहितचन्द्र भट्टराई

सचिव (खुला)

१. हरिकुमार राई (संयुक्त गठबन्धन)
२. मोहन भट्टराई

सचिव (समावेशी)

१. बुद्धवीर राई (संयुक्त गठबन्धन)
२. सन्तवीर लामा

कोषाध्यक्ष

१. अम्बिका भण्डारी (संयुक्त गठबन्धन)

सदस्य (खुला)

१. डिल्लीराम खतिवडा (संयुक्त गठबन्धन)
२. फिपराज बेघा
३. विपेन्द्र गौतम (संयुक्त गठबन्धन)
४. तीर्थ सिग्देल (संयुक्त गठबन्धन)
५. सशी कोइराला (संयुक्त गठबन्धन)
६. बुद्धि प्रसाद लामिछाने (संयुक्त गठबन्धन)

सदस्य (महिला)

१. रेजिना गौतम (संयुक्त गठबन्धन)
२. तीलकुमारी शर्मा (संयुक्त गठबन्धन)
३. रिता मोक्तान (संयुक्त गठबन्धन)

सदस्य (दलित)

१. सन्तोष रुचाल (संयुक्त गठबन्धन)

सदस्य (आदिवासी जनजाति)

१. गणेश सम्पाङ राई (संयुक्त गठबन्धन)
२. केशवकुमार लामा (संयुक्त गठबन्धन)

सदस्य (मधेशी)

१. ब्रम्हदेव यादव (संयुक्त गठबन्धन)
२. जितेन्द्र ठाकुर
३. जयकृष्ण यादव (संयुक्त गठबन्धन)
४. श्याम सुन्दर सुतिहार

सदस्य (अल्पसंख्यक)

१. इकवाल अहम्मद (संयुक्त गठबन्धन)

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes