प्रदेश १ : राजधानी र नामबारे छलफल सुरु - Pahilo Online

प्रदेश १ : राजधानी र नामबारे छलफल सुरु

writer

पहिलो अनलाइन

सर्वदलीय छलफलबारे जानकारी दिँदै मुख्यमन्त्री राई

विराटनगर । १ नम्बर प्रदेशको नाम र स्थायी राजधानीबारे औपचारिक रुपमा छलफल सुरु भएको छ ।

प्रदेशका मुख्यमन्त्रीको निवास राष्ट्र बैंकको निवास भवनमा बिहीबार सबै दलका प्रतिनिधिसामू मुख्यमन्त्री राईले प्रदेशको नाम र राजधानीको विषयमा छिट्टै टुंगो लगाउनु पर्ने बताउनु भएको छ । राईले प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलका नेता तथा सरकारका मन्त्रीहरुलाई निवासमै बोलाएर छलफल गर्नुभएको हो ।

छलफलमा मुख्यमन्त्री राईसहित सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्की, आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बो, सामाजिक विकासमन्त्री जीवन घिमिरे, नेपाली कांग्रेसका संसदीय दलका नेता राजिव कोइराला र संघीय समाजवादी फोरम नेपालका सांसदीय दलका नेता जयराम यादवलगायतको उपस्थिति थियो ।

बैठक पछि संचारकर्मीलाई प्रतिक्रिया दिँदै मुख्यमन्त्री राईले सरकारका तर्फबाट दलहरुलाई प्रदेशको राजधानी र नामको विषयमा आन्तरिक हिसावले छलफल सुरु गर्न आग्रह गरेको बताउनु भयो । ‘प्रदेशको नाम र राजधानी अब छिट्टै टुंगो लगाउनु पर्नेछ,’ मुख्यमन्त्री राईले भन्नुभयो, ‘यसका लागि दलहरुबीच सहमति हुन आवश्यक छ, सहमतिकै आधारमा यो विषयमा टुंगो लगाउन आफ्ना पार्टीमा छलफल गर्नुहोस् भन्ने मैले प्रस्ताव राखेको छु ।’

यसैबीच छलफलका क्रममा मुख्यमन्त्री राईले प्रदेश सरकारका कामकारबाहीको विषयमा पनि दलहरुलाई जानकारी दिनुभएको थियो । छलफलको विषयमा जानकारी दिँदै संघीय समाजवादी फोरम नेपालका संसदीय दलका नेता जयराम यादवले राजधानी र प्रदेशको नामको विषयमा छलफल नभए पनि मुख्यमन्त्रीले छिट्टै टुंग्याउनु पर्ने बताएको जानकारी दिनुभयो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes