बम विष्फोटबाट कार्यालयको पर्खाल भत्कियो (फोटो) - Pahilo Online

बम विष्फोटबाट कार्यालयको पर्खाल भत्कियो (फोटो)

भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट

writer

पहिलो अनलाइन

विराटनगर । विराटनगरस्थित भारतीय दुतावासको सम्पर्क कार्यालय बाहिर बम विष्फोट भएको छ ।

जिल्ला प्रहरी कार्याल मोरङका प्रमुख एसपी अरुणकुमार बिसीले दिएको जानकारी अनुसार घटना साँझ ८ बजेर १५ मिनेट जाँदा भएको हो । एम्बेसीको सम्पर्क कार्यालय विराटनगर महानगरपालिका वडा नम्बर १३ मा रहेको छ ।

कार्यालय अगाडिको चौरमा बम विष्फोट हुँदा एम्बेसीको सम्पर्क कार्यालयको पर्खालमा क्षति पूगेको एसपी बिसीले जानकारी दिनुभयो ।
‘घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ’, बिसीले भन्नुभयो, ‘कस्ले र किन गराएको भन्ने विषय खुलेको छैन, केही हुलिया पत्ता लागेको छ छिट्टै हामी अपराधिलाई पक्राउ गर्छौं ।’

क्याम्पको खाली जग्गामा तर्साउने गरि गराईएको बिस्फोट भनिएपनि प्रेसरकुकर बम रहेको प्रहरीले आशंका गरेको छ ।

रातको समय भएको कारण अनुसन्धान र घटनास्थलमा केही प्रमाण फेला पार्न नसकेको बिसीको भनाइ छ । घटनामा विप्लव माओवादीले गराएको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes