अष्ट्रेलियामा खुमबहादुरलाई श्रद्धाञ्जली - Pahilo Online

अष्ट्रेलियामा खुमबहादुरलाई श्रद्धाञ्जली

writer

पहिलो अनलाइन

सिड्नी । नेपाली काँग्रेसका नेता स्वर्गीय खुमबहादुर खड्काको १३ औं पुण्यतिथीको अवसरमा नेपाली काँग्रेस जनसम्पर्क समिति अष्ट्रेलियाले आइतबार एक श्रद्धाञ्जली सभाको आयोजा गरेको छ ।

अष्ट्रेलियाको स्थानीय एस्फिल्ड पार्कमा आयोजित श्रद्धाञ्जली सभामा नेपाली कांग्रेसप्रति आस्था राख्ने नेपाली समुदायको उपस्थिति रहेको थियो ।

जनसम्पर्क समिति अष्ट्रेलियाका कार्यवाहक अध्यक्ष छिरिङ्ग तेन्जी शेर्पाको सभापतित्वमा भएको कार्यक्रमका वक्ताहरुले स्वर्गिय खड्काले नेपालको प्रजातान्त्रिक आन्दोलनमा पु¥याउनु भएको योगदानको चर्चा गर्नुभएको थियो । कार्यक्रममा लेखक तथा पत्रकार डिल्ली ढकाल, सुजित सिग्देलले स्वर्गीय खड्काको जुझारुपन र कार्यकर्ताबीच भिज्नसक्ने बानीको चर्चा गर्नुभएको थियो ।

नेपाली काँग्रेसका महासमिति सदस्य कञ्चन पोख्रेलले वीपी राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्कदा खड्का पनि साथै आउनुभएको चर्चा गर्दै मेलमिलाप नीतिमा उहाँको पनि महत्वपूर्ण भुमिका रहेको चर्चा गर्नुभयो । कार्यक्रममा गैरआवासीय नेपाली संघ अष्ट्रेलियाका निवर्तमान अध्यक्ष सुरेन्द्र सिग्देलले खड्काको असमायिक निधनले नेपाली काँग्रेसमा मात्र नभइ सिङ्गो राष्ट्रले एउटा स्पष्ट जुझारु नेता गुमाएको बताउनुभयो ।

नेपाली काँग्रेसका महासमिति सदस्य विश्वामित्र खनाल र छिरिङ्ग तेन्जी शेर्पाले नेपाली काँग्रेसले एउटा एक्सन ओरिएन्टेड तथा विचारका प्रर्वतक गुमाएको बताउनुभयो । खड्कालाई जिवित छँदा पार्टी तथा बाहिरबाट भएको आक्रमणको कारण नेपालमा प्रजातन्त्र कमजोर भएको उहाँको भनाइ थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes