ब्राजिलमा १५ हजारबढिले कोरोना भाइरसबाट ज्यान गुमाए - Pahilo Online

ब्राजिलमा १५ हजारबढिले कोरोना भाइरसबाट ज्यान गुमाए

writer

काठमाडौं । ब्राजिलमा कोरोना भाइरस (कोभिड(१९) बाट १५ हजारबढिले ज्यान गुमाएका छन् । ब्राजिलको स्वास्थ्य मन्त्रालयले शनिबार दिएको जानकारी अनुसार कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १५ हजार ६३३ पुगेको हो । पछिल्लो २४ घण्टामा मात्र ब्राजिलमा आठ सय १६ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको हो ।

दक्षिण अमेरिकामा कोरोना भाइरसबाट सबैभन्दा धेरै प्रभावित बनेको ब्राजिलमा निरन्तररुपमा कोरोना भाइरसका संक्रमित बढिरहेका छन् । अहिलेसम्म ब्राजिलमा कोरोना भाइरसबाट दुई लाख ३३ हजार १४२ संक्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा मात्र ब्राजिलमा १४ हजार ९१९ नयाँ संक्रमित फेला परेका हुन् ।
जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार ब्राजिल कोरोना भाइरसबाट सबैभन्दा प्रभावित हुने मुलुकको सूचीमा चौथो स्थानमा आइपुगेको छ । संक्रमित संख्यामा ब्राजिलले स्पेन र इटालीलाई पछि पारेको हो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes