विराटनगर । महानगर र प्रदेशको अस्थायी राजधानी तोकिएपछि व्यवसायमा विस्तार हुने अपेक्षासहित विराटनगरमा ३० करोड रुपैयाँको लगानीमा नयाँ होटल सञ्चालनमा आएको छ ।
शनिबार साँझ एक कार्यक्रमबीच विराटनगर ९ रोडसेश चौक उत्तरमा स्थापना भएको होटलको पूर्वप्रधानमन्त्री झलनाथ खनालले उद्घाटन गर्नुभयो ।
विराटनगरका व्यवसायी विरेन्द्र न्यौपाने र रुकमणी राजभण्डारीको लगानी रहेको होटल विराटनगरकै ठूला होटलमध्ये एक बनेको छ । फरक शैलीबाट ग्राहकलाई सेवासुविधा प्रदान गर्ने उद्देश्यका साथ होटल सञ्चालनमा ल्याएको सञ्चालक न्यौपानेले जानकारी दिनुभयो ।
होटलमा अत्याधुनिक सेवासुविधासहितको रेष्टुरा, बार, क्याफे, लाईभम्यूजिक, सेमिनार हल, स्वीमिङपुलसहितको सुविधा छ । होटलमा ५३ वटा एसी डिक्स र ३ वटा स्वीट रुम रहेको छ ।
होटलमा लामो समयदेखि विदेश तथा नेपालका स्टार लेवलका होटलमा अनुभव भएका कुक, वेटर तथा कर्मचारीहरु कार्यररत रहेको मार्केटिङ मेनेजर नरेश श्रेष्ठले जानकारी दिनुभयो । होटलमा ४० जनाले रोजगारी पाएका छन् ।