सुनवर्षी मेलामा हजारौं सहभागी (फोटो फिचर) - Pahilo Online

सुनवर्षी मेलामा हजारौं सहभागी (फोटो फिचर)

writer

पहिलो अनलाइन

विराटनगर । मोरङ गोविन्दपुरको सुनवर्सीमा नयाँ वर्षको सुरु दिन अर्थात् वैशाख १ गते लागेको सुनवर्षी मेलामा हजारौं सहभागी भएका छन् ।

सुनवर्सी महाराज थान मेला हेर्न आउने र त्यहाँ रहेको महाराज थानमा पूजापाठ गर्नेको निक्कै घुइँचो थियो । राजवंशीको प्राचिन कथन अनुसार राजा सिनवर्सी महाराजको बाहान सेतो घोडा भएकाले यहाँको पोखरीमा सेतो घोडाको प्रतिकका रुपमा कागजको घोडा बनाएर चढाउँदा मनोकामना पुरा हुने मान्यता छ ।

यो मेला कहिले र कसरी सुरु भयो भने बारेमा कसैलाई पनि हेक्का छैन । यो स्थानमा अहिले पनि आफ्नो मनोकामना पूरा हुने विश्वास रहँदै आएको छ ।

मेलामा पुग्नुभएका पूर्व सांसद ऋषिकेश पोखरेलले यो स्थान विभिन्न जातजातीको पहिचान र संस्कृतिसंग जोडिएकाले यसलाई संग्राहालयका रुपमा विकास गर्नुपर्ने बताउनुभयो । यसलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न प्रदेश सरकारले ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।
मेला हेर्न र मन्दिरमा पूजा गरेर सुनवर्सी माहाराजसँग इच्छाएका कुरा माग्न सबै किसिमका समुदाय यहाँ आउने गर्छन् ।

गोविन्दपुर मात्र हैन झापा, सुनसरी र मोरङ जिल्लाका साथै भारतको बिहारबाट पनि यो पर्व मनाउन सर्वसाधारणको भीड लाग्ने गरेको छ । मोरङको गोविन्दपुरको सुनवर्सीमा मात्र होइन डायनिया, दादरबैरिया, झोराहाट, डंग्राहालगायत दर्जनबढी स्थानमा वैशाख महिनाको सुरुवातसँगै सिरुवा मेला लाग्न सुरु भएको छ ।

हेर्नुहोस् तस्बिरहरू

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes