गुणस्तरहिन काम गरेको भन्दै आक्रोश - Pahilo Online

गुणस्तरहिन काम गरेको भन्दै आक्रोश

writer

पहिलो अनलाइन

विराटनगर । विराटनगर महानगरपालिकामा जारी विकास निर्माणको काम गुणस्तरहिन भएको भन्दै नगरवासीले असन्तुष्टि व्यक्त गरेका छन् । सरोकारवाला निकायले चुस्तरुपले निगरानी र अनुगमन नगर्दा गुणस्तरहीन काम भइरहेको नगरवासीको गुनासो छ ।

विराटनगरको ५ पृथ्वीचोकमा निर्माण गरेको महिना दिन पनि नपुग्दै ढलको नाला भत्किसकेको छ । निर्माणस्थलमा निर्माण पक्ष र अनुगमनकर्ता पक्षका जिम्मेबार ब्यक्ति तथा प्राबिधिकहरुको उपस्थिति नरहने गरेकोले नाला निर्माणको काम गुणस्तरहिन भएको पाइएको छ ।

आफूहरुले निगरानी गर्ने क्रममा कमसल र गुणस्तरहीन काम नगर्न दबाब दिँदा पनि निर्माण पक्षले जथाभावी नाला निर्माण गरेको स्थानीयको गुनासो छ । बालुवा बढि र सिमेन्ट कम प्रयोग गरिएकै कारण नाला लडेको स्थानीय डिकबहादुर अधिकारीले बताउनुभयो ।

विराटनगर महानगरपालिकाका प्रमुख भिम पराजुलीले भने सो क्षेत्रको नाला हाल निर्माणकै क्रममा रहेको र हस्तान्तरण भइनसकेकाले भास्सिएको नाला निर्माण गर्न लगाइने बताउनुभयो । गुणस्तरहीन निर्माण काम नहोस् भन्ने बिषयमा महानगरले नियमित अनुगमन गर्ने गरेको उहाँले दावी गर्नुभयो ।

नगरक्षेत्रमा विभिन्न परियोजना र ठेकेदारमार्फत जारी विकास निर्माणमा कमसल र गुणस्तरहीन सामाग्री प्रयोग गर्ने गरिएको घटना पटक–पटक सार्वजनिक हुने गरेको छ । नगरक्षेत्रको कयौं ठाउँमा निर्माण गरिएको सडक र नालाहरु निर्माण सम्पन्न हुनु अगावै भत्किने र धस्ने समस्याहरु देखिएको छ ।

अस्तब्यस्तरुपमा विराटनगरमा जारी विकास निर्माणको कारण विराटनगरबासीले दुई वर्षयता सास्ती खेप्दै आएका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes