प्रदेशसभामा १ अर्ब २ करोड ५ लाखको बजेट पेश (पूर्णपाठसहित) - Pahilo Online

प्रदेशसभामा १ अर्ब २ करोड ५ लाखको बजेट पेश (पूर्णपाठसहित)

बाम गठबन्धनको चुनाबी घोषणापत्र बजेटको आधारः आर्थिक मामिला तथा योजनामन्त्री आङ्बो

writer

विराटनगर । प्रदेश १ को सरकारले चालु आर्थिक वर्षको लागि १ अर्ब २ करोड ५ लाख रुपैयाँ बजेट प्रदेश संसदमा पेश गरेको छ ।

बिहीबार बसेको प्रदेशसभा बैठकमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले चालु वर्षको ३ महिनाको लागि बजेट पेश गर्नुभएको हो ।

बजेटमा चालु खर्चतर्फ ५४ करोड ३४ लाख र पूँजीगत खर्चतर्फ ४७ करोड ७१ लाख रुपैयाँ बिनियोजन गरिएको छ । प्रदेश सरकारले अन्य स्रोत नभएकोले नभएकोले संघीय सरकारले दिएको समानीकरण अनुदानबाटै बजेट निर्माण गरेको हो ।

बजेट पेश गर्दै आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले कानुन र संरचना अभाबको कारण यो वर्ष प्रदेश सरकारले आफ्नै राजश्व संकलन गर्ने अवस्था नभएकोले समानिकरण अनुदानमार्फत आएको रकमबाटै बजेट निर्माण गरेको जानकारी दिनुभयो । आगामी आर्थिक वर्षदेखि भने प्रदेश सरकारले आन्तरिक स्रोतसहित समेटेर बजेट निर्माण गर्ने उहाँको भनाइ छ ।

बजेटमा बजेटको लागि खाद्यान्न कार्यक्रमको लागि १ करोड ५० लाख रुपैयाँ बिनियोजन गरिएको छ । यो रकमबाट प्रदेशमा रहेका १४ जिल्लाका १/१ स्थानीय तहमा गरिब र विपन्न पहिचान गरी परिचयपत्र वितरण गरेर सुपथ मूल्यमा खाद्यान्न प्रदान गर्ने उद्देश्य राखिएको छ ।

बजेटमा कृषि क्षेत्रको विकासको लागि ४ करोड ७६ लाख, पर्यटनको विकासको लागि ६ करोड ५३ लाख, जलस्रोत, उर्जा तथा भौतिक पूर्वाधार विकासको लागि १४ करोड ३३ लाख र सामाजिक क्षेत्रको लागि १२ करोड ५५ लाख रुपैयाँ बिनियोजन गरिएको छ । यस्तै प्राकृतिक प्रकोप पीडितको राहतको लागि २ करोड ४१ लाख रुपैयाँ छुट्याएको आर्थिक मामिला मन्त्री आङ्बोले जानकारी दिनुभयो ।

बजेटले कृषि, पर्यटन, जलस्रोत र उर्जा, भौतिक पूर्वाधार र सामाजिक न्याय र सुशासनलाई प्राथमिकतामा राखेको छ । अर्थतन्त्रलाई समाजवादउन्मुख बनाउने प्रयासहित बजेट निर्माण गरेको मन्त्री आङ्बोले जानकारी दिनुभयो । यो बजेट चालु वर्षको ३ महिनामा सम्पन्न गरिने कार्यक्रम र आगामी वर्षदेखि सुरु हुने कार्यक्रमको आधार भएको उहाँको भनाइ छ ।

प्रदेश सरकारमा अनुभव तथा कार्यान्वयन संयन्त्रको अभाब, राजश्वका स्रोतहरुको कमी, प्रदेशका तथ्यांकको अभाब, कृषि उत्पादनमा ह्रास, उद्यमशिलताको अभाब, असमानता र विभेद, बेरोजगरी, भौतिक पूर्वाधारको कमी र सुशासनको अभाब जस्ता समस्या र चुनौतिहरु रहेको बजेटले औल्याएको छ । यस्ता चुनौति पार गर्दै आम जनतालाई राहत र विकासको अनुभूति दिने, राज्यको स्रोत र साधनमा विपन्न तथा पछाडि पारिएका समुदायको पहुँच बढाउने, कृषि, पर्यटन, उद्योग, भौतिक पूर्वाधार, मानब संशासनको विकास तथा सुशासन कायम गर्ने र प्राकृतिक विपद् तथा द्वन्द्वपीडित जनतालाई राहत प्रदान गर्ने उद्देश्य बजेटले लिएको छ ।

बीर योद्धा र सहिद र बजेटले बाम गठबन्धनले गएको चुनाबमा जनताबीच लगेको चुनाबी घोषणापत्रलाई आधार बनाएको पनि आर्थिक मामिलामन्त्री आङ्बोले संसदमा जानकारी दिनुभयो ।

प्रतिपक्षी दलको विरोध
प्रदेशका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले संसदमा पेश गरेको चालु आर्थिक वर्षको बजेट नोट नभएर भोट फकाउने मात्रै भएको प्रतिक्रिया दिएको छ । बजेट भाषणपछि संसद भवन बाहिर पत्रकारसँग कुरा गर्दै नेपाली कांग्रेस १ नम्बर प्रदेश संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले सरकारले स्रोतको उचित प्रबन्धबिना जथाभावी कार्यक्रम ल्याएको प्रतिक्रिया दिनुभयो ।

चालू आर्थिक वर्षको बजेट पार्टी कार्यकर्ता र भोटरलाई खुसी पार्ने खालको मात्रै भएको कार्कीको दावी छ । कार्कीले पहिलो पटक संसदमा प्रस्तुत हुने बजेटको विषयमा प्रतिपक्षी दलसँग सामान्य छलफलसमेत नगरेको गुनासो गर्नुभयो । एकलौटी ढंगले मनपरी गर्न खोजिएको र अन्य दललाई बाइपास गरेको कार्कीको प्रतिक्रिया थियो ।

बजेटको पूर्णपाठ

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes