उद्योगीहरू सेवामूलक हुनुपर्छ : मण्डल - Pahilo Online

उद्योगीहरू सेवामूलक हुनुपर्छ : मण्डल

writer

पहिलो अनलाइन

विराटनगर । नेकपा माओवादीका नेता एवं पूर्वमन्त्री शिवकुुमार मण्डलले व्यवसाय सञ्चालन गर्दा उद्योगीहरुमा पनि सेवामुलक भावना आवश्यक रहेको बताउनुभएको छ ।

वेटर व्रिक नेपाल र आनन्द इटा उद्योगको आयोजनामा मोरङको धनपालथान गाउँपालिको दादरवैरियामा बुधबार सञ्चालित उत्तरदायी बजार मेलाको उद्घाटन गर्दै मण्डलले उद्योग नाफामुुलक भन्दा पनि सेवामुुलक हुनुपर्नेमा जोड दिनुभयो ।

उद्योग सञ्चालन गरेपछि औद्योगिक क्षेत्रको मानवीय सेवा र उद्धारमा सहयोग पुु¥याउनुुपर्ने मण्डलले बताउनुभयो । उद्योगहरुलाई वालश्रममुुक्त बनाउने अभियानमा उद्योग र सरकारले सचेत हुनुपर्ने उहाँले बताउनुभयो ।

वेटर ग्रुुप नेपालका निर्देशक डिल्लिराम गिरिले इँटाभटालाई वाल मजदुुर मुुक्त बनाउने अभियानमा संस्था लागेको बताउनुभयो । रङ्गेली नगरपालिकाका मेयर दिलिप बगडिया, धनपालथान गाउँपालिकाका अध्यक्ष हरिलाल सिंहले आफनो क्षेत्रमा रहेको इटा उद्योगलाई प्रदुुशणरहित तथा वालश्रम मुुक्त बनाउन आफूहरु लागिपर्ने बताउनुभयो ।

कार्यक्रममा ग्लोवल फेयरनेस इनिसेटिभका राष्ट्रिय निर्देशक होमराज आचार्यले इटा उद्योगमा कार्यरत श्रमिकका छोराछोरीलाई पढ्नका उद्योगहरुमा आफ्नो संस्थाको सहयोगमा विद्यालय सञ्चालन भईरहेको जानकारी दिनुभयो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes