प्रदेशसभामा ७ विषयगत समिति गठन - Pahilo Online

प्रदेशसभामा ७ विषयगत समिति गठन

writer

पहिलो अनलाइन

विराटनगर । प्रदेश नंं १ को प्रदेशसभा बैठकले प्रदेशसभा सञ्चालन नियमावली अनुसार ७ वटा संसदीय समिति गठन गरेको छ । प्रदेशसभाको बुधबार बसेको बैठकले नियमावली अनुसारका ७ वटा संसदीय समितिहरुमा रहने प्रदेशसभा सदस्यहरुको नाममा सहमति जनाएको हो ।

बैठकमा सभामुख प्रदिपकुमार भण्डारीले समितिमा रहने सदस्यहरुको नाम बाचन गर्नुभएको थियो । प्रदेशसभाले १७ जना प्रदेशसभा सदस्य रहेको न्याय, प्रशासन तथा बिधायन समिति, १३ सदस्य रहेको सुशासन तथ योजना समिति, ११ सदस्य रहेको अर्थसमिति र ९ सदस्य रहेको सार्वजनिक लेखा समिति गठन गरेको छ । यस्तै १३ सदस्य रहेको सामाजिक विकास समिति र ११ सदस्य रहेको उद्योग पर्यटन तथा वातावरण समिति र १२ सदस्य रहेको प्राकृतिक स्रोत तथा पूर्वाधार विकास समिति गठन गरेको छ ।

प्रदेश सरकारमा रहेका मन्त्रीहरु र सभामुख तथा उपसभामुख बाहेक सबै प्रदेशसभा सदस्यहरु संसदीय समितिमा रहेका छन् । संसदीय समितिहरुले मिनी सांसदको रुपमा आफ्नो भूमिका निर्वाह गर्नेछन् । समितिले कानुन निर्माण प्रक्रिया र आफ्नो विषयगत सवालमा सरकारलाई निर्देशन दिने अधिकार राख्दछन् ।

मन्त्रालय, विभाग र अन्य निकायहरुबाट सम्पादन भएका कामको अनुगमन तथा मुल्याङ्कन गरी सो सम्बन्धमा आवश्यक राय सल्लाह निर्देशन दिने अधिकार समिति संसदीय समितिहरुको हुनेछ । प्रदेश सरकारले मस्यौदा गरेका कानुनहरु अब बिधायन समिति हुँदै प्रदेश सभामा प्रवेश पाउँछन् ।
समितिका सभापतिहरुको चयन भने सम्बन्धित समितिले आफैं गर्ने प्राबधान छ । सभापतिको निर्वाचन सभामुखले तोकेको मितिमा गर्ने नियमावलीमा व्यवस्था छ । सभापतिको चयन नभएको अवस्थामा जेष्ठ सदस्यले समितिको बैठकको अध्यक्षता गर्नेछन् ।

प्रदेशसभाको बुधबारको बैठकमा सभामुख भण्डारीले प्रदेश आर्थिक कार्यबिधि बिधेयक २०७४ प्रदेश प्रमुखबाट प्रमाणिकरण भएको जानकारी दिनुभएको थियो । यस्तै प्रदेशसभाको बिहीबारको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले चालु आर्थिक वर्षको राजश्व र व्ययको अनुमान पेश गर्ने कार्यक्रम रहेको उहाँले बैठकमा जानकारी दिनुभयो ।

कुन समितिमा को ?
क) न्याय प्रशासन तथा बिधायन समिति
रामकुमार ओझा
ज्ञानेश्वर राजबंशी
साबित्री जोशी
बिमल कार्की
बसन्तीदेवी यादव
लिलाबल्लभ अधिकारी
ईन्द्रमणी पराजुली
खिनुलंगवा लिम्बू
राजिव कोइराला
चन्द्रप्रसाद श्रेष्ठ
चुमनारायण तवदार
शान्त पौडेल
टंकबहादुर आंगबुहाङ
सौभाग्यवती राई
जयराम यादव
ईन्दिरा राई
बिष्णु तुम्वाहाम्फे

ख) सुशासन तथा योजना समिति
भीमप्रसाद आचार्य
तेजमान कन्दंवा
हिराकुमार थापा
बलबहादुर साम्सोहाङ
सुनिताकुमारी चौधरी
गुलेफन मियाँ
उषकला राई
शेखरचन्द्र थापा
ज्योति सुब्बा
सुर्यमाराज राई
धिरेन्द्र शर्मा
पूर्णप्रसाद राई
राधा थापा

ग) अर्थ समिति
राजनकुमार राई
यशोधा अधिकारी
अर्जुन राई
एकराज कार्की
पदमकुमार गुरुङ
जसमाया गजमेर
प्रतापप्रकाश हाङ्गाम
लिला सुब्बा
ओमप्रकाश सरावागी
पूर्णप्रसाद राजबंशी
रामकुमार राई

घ) सार्वजनिक लेखा समिति
तुलसीप्रसाद न्यौपाने
बसन्तकुमार बानिया
सरिता थापा
होमकुमारी साँवा
आशारत्न जवेगु
शिवनारायण गन्गाई
सज्जाकुमारी दनुवार
कुलप्रसाद साम्बा
कुसुमकुमारी श्रेष्ठ

ङ) समाजिक विकास समिति
निरन राई
गणेशकुमार काम्वाङ
लक्ष्मण तिवारी
अम्बिका थापा
कृष्णकुमारी राई
राजेन्द्रकुमार राई
साबित्राकुमारी रेग्मी
केदार कार्की
अमनलाल चौधरी
झलकसिँह दर्लामी
कल्पनाकुमारी सरदार
रामचन्द्र लिम्बू
सिता थेबे

च) उद्योग, पर्यटन तथा वतावरण समिति
निलम बस्नेत
काजीमान कागते
श्रीप्रसाद मैनाली
कला घले
बृद्धिकुमार राजभण्डारी
रामबहादुर मगर
मोहम्मद ताहिर मियाँ
बिन्दिया कार्की
बिद्यानन्द चौधरी
नारायण बुर्जा मगर
उमिता बिश्वकर्मा

च) प्राकृतिक स्रोत तथा पूर्वाधार विकास समिति
उत्तमकुमार बस्नेत
सर्वध्वज साँवा
उपेन्द्र घिमिरे
हिमाल कार्की
बृखबहादुर प्रधान
बिजय विश्वास
मोहनकुमार खड्का
नवोदिता चौधरी
अम्बिरबाबु गुरुंग
बिनादेवी राई

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes