जनमैत्री होइन निजीमैत्री कोशी अस्पताल - Pahilo Online

जनमैत्री होइन निजीमैत्री कोशी अस्पताल

अस्पतालले आफ्नै औषधि पसल संचालन गर्नुपर्ने सरकारको निर्णयपछि खोलिएको औषधि पसल केवल औपचारिकताकालागि मात्रै

writer

पहिलो अनलाइन

बिरामीहरुलाई सहुलियतमा औषधि बिक्रि गर्न कोशी अञ्चल अस्पतालले संचालन गरेको औषधि पसल धेरै समय यसरी नै बन्द रहन्छ भने खुलेको बेलामा पनि धेरै औषधि पाइदैन जसले निजी फार्मेसीहरुको व्यापार राम्रो चलेको छ ।

विराटनगर । आम सर्वसाधारण नागरिकलाई स्वास्थ्य सेवा उपलव्ध गराउने दायित्व लिएको कोशी अञ्चल अस्पताल जनमैत्री नभएको गुनासो आउन थालेको छ ।

नेपाल सरकारले उपलव्ध गराउने स्वास्थ्य सेवा सुविधाका अधिकांश कार्यक्रम संचालन गरिरहेको अस्पतालले औषधि पसल, प्याथोलोजि ल्याव, अल्ट्रासाउण्ड सेवा आदि मार्फत नियमित सेवा उपलव्ध नगराउँदा बिरामीहरुले निजी क्षेत्रबाट महंगोमा ति सेवा लिनुपर्ने वाध्यता रहेको छ ।

प्रसुती सेवाकालागि कोशी अञ्चल अस्पताल पुग्नुभएकी सीता भुजेलले भिडियो एक्सरे सेवा अस्पताल बाहिरबाट लिएको बताउनुभयो । अस्पतालमा मातृ सुरक्षा कार्यक्रम संचालनमा रहेकै कारण उहाँ कोशी अञ्चल अस्पतालमा प्रसुतीकालागि जानुभएको थियो ।

कार्यक्रम अन्तरगतबाटै शल्यक्रीयाको निशुल्क सेवा लिएपनि प्याथोलोजी जाँच र अल्ट्रासाउण्डमा भने आफैंले खर्च गरेको उहाँले बताउनुभयो । उहाँ करिव साढें १२ बजे अस्पताल पुग्नु भएको थियो तर अस्पतालको अल्ट्रासाउण्ड सेवा १२ बजे नै बन्द भइसकेको थियो । उहाँले अस्पताल बाहिर गएर ८ सय ५० रुपीयाँ तिरेर अल्ट्रासाउण्ड गराउनुभयो । उहाँकालागि अस्पतालले निशुल्क सेवा दिनुपथ्र्यो ।

कोशी अञ्चल अस्पतालको भिडियो एक्सरे दिनमा जम्मा २ घण्टा मात्र संचालन हुन्छ । भन्नलाई दिउँसो २ बजेसम्म संचालन हुन्छ भनिएपनि अहिलेसम्म हरेक दिन १२ बजे नै बन्द भइरहेको छ । बिहान १० बजे खुल्ने र १२ बजे बन्द हुने हुँदा अधिकांश बिरामीले सो सेवा अस्पताल बाहिरका ल्यावहरुबाट लिनु पर्ने वाध्यता छ ।

१२ बजेपछि सुनसान कोशी अञ्चल अस्पतालको अल्ट्रासाउण्ड सेवा । पुरा समय सेव प्रवाह नगर्दा निजी ल्यावहरुबाट सेवा लिन बिरामी वाध्य छन् ।

कोशी अञ्चल अस्पतालमा दैनिक १ हजार देखि १५ सय जना बिरामीले बहिरंङ्ग सेवा लिने गरेका छन् । विहान १० बजेबाट सुरु हुने बहिरङ्ग सेवाका बिरामीहरुले साढें १० बजेबाट मात्र ल्यावको सेवा लिन थाल्छन् । त्यसरी हेदा करिव डेढ घण्टापछि नै अल्ट्रासाउण्ड बन्द हुन्छ भने साढें ३ घण्टा पछि प्याथोलोजि सेवा बन्द हुन्छ । यसबाट धेरै बिरामी महंगोमा बाहिरबाट सेवा लिन बाध्य हुनुपरेको छ ।

अस्पतालमा जेष्ठ नागरिक उपचार सेवा, मातृ स्वास्थ्य सेवा, सामाजिक सुरक्षा अन्तरगतका कार्यक्रम, भुटानी शरणार्थी निशुल्क उपचार सेवा, निशुल्क डायलासिस सेवा लगायतका कार्यक्रमहरु संचालनमा छन् । तर ति सेवा लिने र सेवाको दायरमा नपरेका अधिकांश बिरामी सिमित समय संचालन हुने ल्यावहरुका कारणबाट अस्पतालको सहुलियत शुल्कमा सेवा लिन बञ्चित भइरहेका छन् । यसले अस्पतालको आम्दानी घटाएको छ भने बिरामीले सहुलीयतमा स्वास्थ्य सेवा पाउने अधिकार गुमाएका छन् ।

त्यति मात्र होइन अस्पतालले आफ्नै औषधि पसल संचालन गर्नुपर्ने सरकारको निर्णयपछि खोलिएको औषधि पसल केवल औपचारिकताकालागि मात्रै रहेको छ । सात सय ५० शैंयाको अस्पतालको अधिकांश शैंयामा सधैं बिरामीको चाप हुन्छ तर औषधि पसल खुल्ने र बन्द हुने टुंगो हुँदैन । खुलेको समयमा पनि अधिकांश औषधी पसलमा पाइदैन निजी फार्मेसीमै किन्न बिरामीहरु वाध्य छन् ।

अस्पतालको मुख्य आम्दानीको स्रोत भनेको प्याथोलोजी ल्याव तथा अल्ट्रासाउण्ड सेवाहरु नै हुन् । तर कोशी अञ्चल अस्पतालले आम्दानीको मुख्य स्रोतलाई नै सिमित संचालनमा ल्याइरहेको छ ।

अस्पतालका अधिकृत नवराज लुइटेलले क्षमता अनुसार प्याथोलोजी ल्याव र अल्ट्रासाउण्ड सेवा संचालन भइरहेको बताउनुभयो । उहाँले पुरानो मेसिन भएको र जनशक्तिको अभावका कारण भिडियो एक्सरे सेवा २ बजेसम्म संचालन गर्ने गरेको र दैनिक ५०/६० ओटा भिडियो एक्सरे भइरहेको जानकारी दिनुभयो । यद्यपी यो सेवा १२ बजे नै बन्द हुने गरेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes