विराट गोल्डकप : राजधानीको झल्को - Pahilo Online

विराट गोल्डकप : राजधानीको झल्को

writer

पहिलो अनलाइन

विराटनगर । पूर्वको चर्चित र ऐतिहासिक ‘विराट गोल्ड कप फुटबल टुर्नामेन्ट–२०७४’ एउटा नयाँ सन्देश दिँदै सकिएको छ ।

प्रदेशको अस्थायी राजधानी भएपछि आयोजित विराट गोल्डकपको व्यवस्थापन पक्ष राजधानी बन्न लायक देखियो । कार्यक्रममा सहभागी उच्च अधिकारीदेखि दर्शकसम्मले यस पटकको गोल्डकपको व्यवस्थापन पक्षको खुलेर प्रसंसा गरे । रातको समयमा आयोजना सफल तरिकाले सम्पन्न गरेपछि धेरैले विराट गोल्डकपबाट प्रेरणा लिनसक्ने बताएका छन् ।

लामो र ऐतिहासिक श्रृंखला पार गर्दै आएको विराट गोल्डकपले यस पटक दर्शक तथा खेलप्रेमीलाई नयाँ स्वाद चखायो भने आयोजकका लागि नयाँ सन्देश दियो । रातको समयमा खेल आयोजनालाई व्यवस्थित गर्नु र सफलता पूर्वक सम्पन्न गर्नु निकै चुनौतिपूर्ण थियो ।

‘यस पटकको विराट गोल्डकपले हामी सबैलाई सकारात्मक सन्देश दिएको छ,’ विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले भन्नुभयो, ‘काठमाडौंमा यति व्यवस्थित तरिकाले गर्न नसकेको गेम हामीले गरेर देखायौं, फेरि पनि राजधानीका लागि विराटगर नै एक मात्र विकल्प हो ।’

कार्यक्रमको समापन समारोहमा उपस्थित युवा तथा खेलकुदमन्त्री जगत बहादुर सुनारले पनि विराट गोल्डकपको प्रसंगा गर्नुभयो । ‘डे–नाइट गेम गराएर देशलाई एउटा सन्देश विराट गोल्डकपले दिएको छ,’ सु्नुवारले भन्नुभयो, ‘आयोजक र व्यवस्थापकको यो स्तरको खेल गराउन सफल हुनुभएकोमा आभार व्यक्त गर्दछु ।’

सबैको प्रसंसाले प्रफुल्लित बनेका विराट गोल्डकप प्रतियोगिताका संयोजक नविन रिजालले स्थायी रुपमा आगामि वर्ष फ्लड लाइड जडान गर्न सबैलाई सहयोग आव्हान गर्ने बताउनु भयो । ‘बैंकको खाता खोलेर सबैलाई फ्लड लाइट जडान गर्न आव्हान गर्छौं,’ उहाँले भन्नुभयो, ‘दर्शकले नाइट गेमलाई रुचाएका छन् ।’ प्रतियोगिता व्यवस्थित र भव्य भएको रिजालको भनाइ छ । माहानगर प्रमुख भीम पराजुलीले नाइट गेम गराउनका लागि स्थायी ढंगले पहल गर्ने बताउनु भयो ।

विराट गोल्ड कप ट्रष्टको यस पटकको फुटबल टुर्नामेन्ट ३३ औं प्रतियोगिता हो । विगतको तुलनामा यस पटकको विराट गोल्डकपमा दर्शकको ओइरो लागेको थियो । खेल मैदानमा लगाइएको तार जालीहोस् वा प्रायोजकको व्यवस्थित प्रचार सबै कुरा यहाँको सन्दर्भमा मिलेको देखियो । खेल अवधिभर कुनै खालका अप्रिय घटना पनि भएनन्, सुरक्षा व्यवस्था मजबुत थियो । डे नाइटको चर्चा विराटनगरमा मात्रै नभएर देशभर भएको छ । यसअर्थमा पनि यस पटकको विराट गोल्डकप सफल र उत्कृष्ट भएको मान्न सकिन्छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes