लालबाबु पण्डितले भने : मन्त्रालयका सचिव यो मेरो त्यो मेरो भन्नु हुँदैन - Pahilo Online

लालबाबु पण्डितले भने : मन्त्रालयका सचिव यो मेरो त्यो मेरो भन्नु हुँदैन

writer

पहिलो अनलाइन

विराटनगर । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सचिवहरुको सरुवामा कसैले चित्त दुखाउन नहुने बताउनु भएको छ । विराटनगर विमानस्थलमा मंगलबार संचारकर्मीसँग कुरा गर्दै सामान्य प्रशासनमन्त्री पण्डितले सचिव सरुवामा पनि यो मेरो त्यो मेरो भन्न नहुने बताउनु भएको हो ।

माओवादी केन्द्रबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरुले आफूहरुको सहमति विपरीत प्रधानमन्त्रीले एकलौटी ढंगले सचिव सरुवा गरेको भन्दै असन्तुष्टि जनाएको सार्वजनिक भएको थियो ।

‘मन्त्रालयका सचिवको सरुवा प्रधानमन्त्रीसँग आवश्यक छलफल गरेर गरिएको हो,’ पण्डितले भन्नुभयो, ‘प्रधानमन्त्रीय सिस्टममा यो मेरो त्यो मेरो भनेर चित्त दुखाउनु हुँदैन ।’ पण्डितले सरकारले गरेको निर्णय कसैले भन्दैमा पुनःर्विचार नहुने बताउनु भयो । ‘मन्त्रिपरिषद्ले निर्णय गरेर मन्त्रालयका सचिवहरु सम्बन्धीत काममा गइसक्नु भएको छ,’ पण्डितले भन्नुभयो, ‘अब निर्णय पुनःर्विचार हुँदैन ।’

अर्को प्रसंगमा मन्त्री पण्डितले कर्मचारीले स्वेच्छिक अवकास अधिकारको रुपमा मात्रै बुझेर नहुने बताउनु भयो । खटाइएको ठाउँमा जानु पर्ने बताउँदै पण्डितले स्वेच्छिक अवकास दिने नदिने विषयमा सरकारको निर्णय महत्वपूर्ण भएको बताउनु भयो ।

‘स्वेच्छिक अवकासलाई अधिकारको रुपमा मात्रै बुझेर हुँदैन,’ पण्डितले भन्नुभयो, ‘सरकारले निर्णय गरेको खण्डमा स्वेच्छिक अवकास दिइने छ भन्ने कानूनमै उल्लेख छ, सरकारले अहिलेलाई स्वेच्छिक अवकासकालागि परेको निवेदनलाई स्थगित गर्ने निर्णय गरेको छ ।’

सरकारले अर्को निर्णय नगरेसम्मका लागि अवकास नदिइने उहाँको भनाइ छ । यसैगरी काममा नजाने कर्मचारीको विवरण मागिएको र अन्यत्र हाजिरि गर्न नदिइने गरि सम्बन्धी मन्त्रालय तथा कार्यालयमा परिपत्र गरिसकिएको पण्डितले जानकारी दिनुभयो ।

‘हामीले यसअघि पनि सम्बन्धीत मन्त्रालय र कार्यालयहरुमा खटाएको ठाउँमा नजाने कर्मचारीलाई हाजिर गर्न नदिनु भन्ने परिपत्र गरिसकेका छौं,’ उहाँले भन्नुभयो, ‘हाजिर गराएको सूचना आएकोले फेरि हिंजोमात्रै परिपत्र गरेका छौं, अब पनि हाजिर गराएको थाहा पाए, सम्बन्धीत कार्यालयका प्रमुखलाई नै कारबाही गर्छौं ।’

खटिएको ठाउँमा कर्मचारी पठाउने र जाने क्रम सकिएपछि कर्मचारी समायोजन प्रक्रिया सुरु हुने पण्डितको भनाइ छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes