श्रीनिवासलाई गोली हानेको आरोपमा स्थानीय युवा पक्राउ - Pahilo Online

श्रीनिवासलाई गोली हानेको आरोपमा स्थानीय युवा पक्राउ

writer

पहिलो अनलाइन

विराटनगर । हिन्दु धर्मका अभियान्ता आचार्य श्रीनिवासलाई गोली प्रहार गरेको आशंका प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

आइतबार विहान भएको घटनाको अनुसन्धान गर्ने क्रममा घटनास्थल विराटनगर १४ जतुवा क्षेत्रबाट दुई जनालाई पक्राउ गरिएको मोरङका प्रहरी प्रमुख एसपी अरुण बिसीले जानकारी दिनुभयो ।

प्रहरीले स्थानीय राजनकुमार यादव र विनोद दासलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

आइतबार विहान राति २ बजेतिर शौच गर्न निस्किएका बेला आचार्यलाई विराटनगरको जतुवामा गोली प्रहार भएको थियो । उनको दायाँ छातिको कुम मुनिको भाग छेडेर गोली पार भएको छ ।

घटनामा मंगोललाई हेपेको भन्ने विषय लेखिएको पर्चा भेटिएको कारण मंगोल अर्गनाइजेसनको संलग्नता हुनसक्ने भएपनि यकिन नभएको मोरङ प्रहरीका उपरीक्षक अरुणकुमार बिसीले जानकारी दिनुभयो । प्रहरीले घटनामा संलग्नलाई पक्राउ गर्न मोरङका सबै ठाउँमा सर्च अभियान चलाएको जनाएको छ ।

सुनसरीको चकरघट्टीमा बसेर धार्मिक अभियान सञ्चालन गर्ने स्वामी आइतबारदेखि सोही मन्दिरमा हुने श्रीमद्भागवत पुराणमा सहभागी हुन शनिबार विराटनगर आएको बताइएको छ । आचार्यलाई गोली हानेपछि भने पुराण स्थगित भएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes