प्रधानमन्त्रीको नाम अगाडि थपियो डाक्टर - Pahilo Online

प्रधानमन्त्रीको नाम अगाडि थपियो डाक्टर

विश्वविद्यालयहरुले मानार्थ विद्यावारिधीको उपाधि दिने कारण आफ्नै प्रचार मात्र

writer

पहिलो अनलाइन

विराटनगर । भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी ओलीलाई भारतको एक विश्वविद्यालयले विद्यावारिधीको उपाधि प्रदान गरेको छ ।

भारत भ्रमणको अन्तिम दिन प्रधानमन्त्री ओलीलाई उत्तराखण्डको डा.गोविन्द वल्लभ पन्त कृषि तथा प्रविधि विश्वविद्यालयले मानार्थ विद्यावारिधि उपाधि प्रदान गरेको हो ।

भारत भ्रमणको समयमा नेताहरुलाई विद्यावारिधीको उपाधि दिने चलन नै बसेको छ । नेपालमा प्रजातन्त्र आएपछिको अन्तरिम प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई दिल्ली विश्वविद्यालयले त्यस्तो मानार्थ दिएको थियो । यस्तै सन् २०१६ मा भारतको दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालयबाट पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि मानार्थ पीएचडीको उपाधि पाएका थिए ।

प्रधानमन्त्री ओलीले डा.गोविन्द वल्लभ पन्त कृषि तथा प्रविधि विश्वविद्यालय र त्यहाँको ब्रिडर सिड प्रोडक्सन सेन्टरको अवलोकन गरेपछि मानार्थ विद्यावारिधीको सम्मान पाउनसभएको हो । सो विश्व विद्यालय भारतका पहिलो प्रधानमन्त्री जवाहरलाल नेहरुको विशेष पहलमा स्थापना भएको हो ।

ओलीको यो दोस्रो मानार्थ पीएचडी हो। यसअघि ८ वर्षअघि ओलीलाई काठमाडौंमै ग्रिनफ्रोर्ड युनिभर्सिटीले मानार्थ पीएचडीको उपाधि दिएको थियो । ओलीसँगै नेता विजयकुमार गच्छदार, कलाकारहरु मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, कान्तिपुर पब्लिकेशन्सका तत्कालीन निर्देशक रामेश्वर थापा लगायतलाई सो युनिभर्सिटीले मानार्थ पीएचडी दिएको थियो ।

सो विश्वविद्यालय फर्जी भएको खुलेपछि मह जोडी, थापा लगायतले उपाधि फिर्ता गरेका थिए । ओलीले भने आफूले कुरा बुझेरै मानार्थ विद्यावारिधि लिएको हुनाले उपाधि फिर्ता नगर्ने बताउनुभएको थियो ।

विद्यार्थीको ध्यानाकर्षण गराउन तथा राजनीतिक फाइदाका लागि विभिन्न विश्वविद्यालयहरुले सम्बन्धित व्यक्तिहरुलाई मानार्थ उपाधि दिने गरेका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes