छुट्टै औषधि व्यवस्था विभाग बनाउन भेटेरिनरी डाक्टरको माग - Pahilo Online

छुट्टै औषधि व्यवस्था विभाग बनाउन भेटेरिनरी डाक्टरको माग

नेपाल भेटेरिनरी एसोसिएसन १ नम्बर प्रदेशको अधिवेशन विराटनगरमा

writer

पहिलो अनलाइन

विराटनगर । भेटेरिनरी डाक्टर तथा औषधि व्यवसायीहरुले सरकारले पशुपंक्षीका लागि आयात हुने एन्टिबायोटिक औषधिमा रोक लगाएको भन्दै विरोध गरेका छन् । उनीहरुले पशुपंक्षी मन्त्रालय पुनः स्थापना र छुट्टै औषधि व्यवस्था विभागको माग पनि गरेका छन् ।

विराटनगरमा शनिबार आयोजित नेपाल भेटेरिनरी एसोसिएसन १ नम्बर प्रदेशको अधिवेशनमा सहभागी डाक्टरले एन्टिबायोटिक औषधि आयातमा रोक लगाएर सरकारले करोडौं लगानी जोखिममा पारेको बताएका छन् । भेटेरिनरी औषधि व्यवसायी संघ १ नम्बर प्रदेशका उपाध्यक्ष ऋषि बच्चनले पशुपंक्षी बिरामी भयो भने त्यसको उपचार गर्न एन्टिबायोटिक नहुँदा करोडौं लगानी जोखिममा परेको बताउनु भयो ।

कार्यक्रममा सहभागी नेपाल भेटेरिनरी एसोसिएसनका महासचिव राजेन्द्र यादवले सरकारले पशुपंक्षी मन्त्रालय स्थापना नगरे आन्दोलन गर्ने बताउनु भयो । उहाँले भटेरिनरीको विकासका लागि सरकारसँग कुरा गरेको र त्यसका लागि पशुपंक्षी मन्त्रालय स्थापना गरेर लाग्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा बोल्दै पशु सेवा विभागका पूर्व प्रमुख डाक्टर प्रल्हाद सापकोटाले भेटेरिनरी औषधि व्यवस्था गर्न छुट्टै औषधि व्यवस्था विभाग खडा गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले प्रत्येक किसानसँग जोडिएका भेटेरिनरी क्षेत्रको माग पुरा गराउन किसानसँगै सहकार्य गर्नुपर्नेमा जोड पनि दिनुभयो ।

कार्यक्रममा पूर्वाञ्चलका ७० भन्दा बढी भेटेरिनरी डाक्टरहरुको सहभागीता छ । एसोसिएसनको १ नम्बर प्रदेश समिति चयन गर्दै अधिवेशन सकिएको छ । एसोसिएसनको केन्द्रीय अधिवेशन भेटेरिनरी कन्फ्रेन्स आगामि जेठ ९ देखि ११ गतेसम्म काठमाडौंमा चल्ने बताइएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes