किन भयो अभिषेक गिरीको जेल सरुवा ? - Pahilo Online

किन भयो अभिषेक गिरीको जेल सरुवा ?

writer

पहिलो अनलाइन

विराटनगर । कारागारमा रहेपनि भित्रैबाट अबैध धन्दा सञ्चालन गरेको सूचना पाएपछि गृहमन्त्री रामबहादुर थापा बादलको निर्देशनमा मोरङ कारागारमा रहेका गुन्डानाइके अभिषेश गिरीको सरुवा गरिएको छ ।

अपहरण मुद्दामा कारागारमा रहेका गिरी कारागारभित्र चौकिदार बनेपछि खुलेआम अपराधजन्य गतिबिधि गर्दै आएको सुचना पुगेपछि मन्त्री थापाले गिरीलाई सरुवा गर्न कारागार व्यवस्था विभागलाई निर्देशन दिनुभएको गियो ।

विभागको निर्देशन अनुसार शुक्रबार अपरान्तह गिरीलाई मोरङ कारागारबाट केन्द्रीय कारागार पठाइएको छ । गिरीलाई सरुवा गरिएपछि आफ्नो गुण्डाराज धरासायी हुने भन्दै कारागारमा रहेका उनका सहयोगीहरुले कारागारमा तोडफोड र नाराबाजीसमेत गरेका थिए ।

कैन्दीबन्दीको प्रदर्शन उग्र हुँदै गएपछि कारागार परिसरमा थप सुरक्षाकर्मी परिचालन गरिएको थियो । मोरङका प्रहरी उपरीक्षक अरुणकुमार बिसीले कारागार व्यवस्था विभागको निर्देशनबमोजिम गिरीलाई हवाईजहाजबाट काठमाडौं लगिएको जानकारी दिनुभयो ।

अकुत सम्पत्ति आर्जनको मुद्दासमेत खेपीरहेका गिरी पक्राउ पर्नु अगाडि नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलमा सक्रिय रहेका थिए । उनीमाथि अबैध चन्दा असुलीदेखि धाकधम्कीका दर्जनौं अभियोग प्रहरीमा छन् । तर, राजनीतिक संरक्षणमा उनले उन्मुक्ति पाउँदै आएका थिए ।

काठमाडौंबाट अपहरण मुद्दामा पक्राउ परी केन्द्रीय कारागारमा राखिएका गिरी काँग्रेस नेतृत्वको सरकार रहेको बेला पहुँचका आधारमा मोरङ सरुवा भइ आएका थिए । कागारमा कैदी भएपनि उनी खुलेआम मर्सिडिज कार लिएर दिनरभर विराटनगर र आसपाससम्म पुग्ने गरेको सूचनापछि उनको सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ ।

गृहमन्त्री थापाकै निर्देशनमा देशभरिका चालचलन ठीक नभएका कैदी, भाइ नाइके, नाइके समेतको सरुवा गरिएको कारागार व्यवस्थापन विभागले जनाएको छ । नाइके र चौकिदार बनेकाहरुले जेलभित्र अन्य कैदीबन्दीको आर्थिक र श्रम शोषण गर्ने गरेका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes