सहकारी संस्था हस्तान्तरण - Pahilo Online

सहकारी संस्था हस्तान्तरण

writer

पहिलो अनलाइन

विर्तामोड । डिभिजन सहकारी कार्यालय भद्रपुरले झापामा क्रियाशील ५५२ सहकारी संस्था स्थानीय तहलाई हस्तान्तरण गरेको छ । प्रजिअ ऋषिराम तिवारीलगायतको उपस्थितिमा जिल्लाका १५ वटै स्थानीय तहमा रहेका सहकारी संस्था हस्तान्तरण गरिएको हो ।

जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले सम्बन्धित गाउँपालिका÷नगरपालिकाका प्रमुख, उपप्रमुख र कार्यकारी अधिकृतलाई सहकारीको अभिलेख हस्तान्तरण गर्नुभएको थियो ।

डिभिजन सहकारी कार्यालयका अधिकृत दुर्गाप्रसाद न्यौपानेले नयाँ संविधान र सहकारी ऐन २०७४ को प्रावधानअनुसार यही चैत महिनाभर मात्र डिभिजन सहकारी कार्यालय अस्तित्वमा रहने भएकाले स्थानीय तहलाई अभिलेख हस्तान्तरण गरिएको बताउनुभयो । जिल्लामा सबैभन्दा धेरै सहकारी बिर्तामोड नगरपालिकामा १३२ र सबैभन्दा कम झापा गाउँपालिकामा २१ सहकारी छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes