प्रमको भारत भ्रमण : भारतीय गृहमन्त्रीको स्वागत - Pahilo Online

प्रमको भारत भ्रमण : भारतीय गृहमन्त्रीको स्वागत

writer

पहिलो अनलाइन

विराटनगर । तीन दिने भारत भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली नयाँदिल्ली पुग्नु भएको छ ।

प्रधानमन्त्री ओली सवार नेपाल बायुसेवा निगमको विमान बिहान १०ः१५ मा इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रधानमन्त्री ओलीलाई भारतीय गृहमन्त्री राजनाथ सिंहले नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको थियो । प्रधानमन्त्री ओली शुक्रबार बिहान ५४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारत प्रस्थान गर्नुभएको हो ।

आजै मोदीसँग वार्ता हुने

यसैबीच प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आजै साँझ एकान्त वार्ता हुने बताइएको छ । त्यसैगरी साँझ नेपाली दूतावासको प्राङ्गणमा प्रवासी नेपालीलाई ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । साझै नेपाली दूतावासले प्रधानमन्त्रीको सम्मानमा दि इम्पेरियल होटलमा आयोजना आयोजना गर्ने रात्रीभोजमा सहभागी पछि प्रधानमन्त्री ओलीको आजको कार्यक्रम सकिने छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes