चर्चित भारतीय अभिनेता सलमान जेल चलान - Pahilo Online

चर्चित भारतीय अभिनेता सलमान जेल चलान

writer

पहिलो अनलाइन

विराटनगर । चर्चित भारतीय अभिनेता सलमान खानलाई २० वर्ष पुरानो मुद्दामा जेल चलान भएका छन् । कालो हरिणको शिकार गरेको मामलामा बलिउड कलाकार खानलाई जोधपुर अदालतले जेल पठाएको हो ।

अदालतलाई खानलाई मुद्दामा ५ वर्ष जेल सजाय हुने ठहर गरेसँगै उनलाई अदालतबाटै पक्राउ गरिएको छ । उनलाई जोधपुरको सेन्ट्रल जेलमा राखिने भएको छ । खानलाई १० हजार रुपैयाँ जरिवाना पनि तोकिएको छ ।

सलमान वितग २० वर्षमा पटक–पटक जेल गएका छन् । सन् १९९८ मा जोधपुरको ग्रामीण इलाकामा दुई हरिणको शिकार गरेको आरोपमा सलमानलगायत ५ जना विरुद्ध वैष्णोइ समाजले मुद्दा हालेको थियो । सलमानले सन् १९९८ को सेप्टेम्बर २६ र २८ मा दुई काला हरिणको शिकार गरेको आरोप लागेको थियो ।

सलमानलाई हरिणको शिकार गर्ने उक्साएको आरोप लागेका अभिनेता सैफ अलि खानलाई भने अदालतले सफाइ दिएको छ । सलमानसहित अभिनेता सैफअलि, अभिनेत्री सोनाली बेन्द्रे, तब्बू र नीलमविरुद्ध मुद्दा चलाइएको थियो । अदालतले बिहीबार सलमानबाहेक सबैलाई सफाइ दिएको छ ।

सलमानका वकिलले अदालतमा ३ वर्षभन्दा कमको सजाय माग गरेका थिए । ३ वर्षसम्मको सजाय पाएको भए उनी धरौटीमा छुट्नसक्ने थिए । तर, सोभन्दा बढिको सजाय भएपछि उनले जेल बस्नुपर्ने भएको छ । यद्यपि उनले सर्वोच्च अदालतमा अपिल गर्न सक्नेछन् ।

सलमानले यो सजायविरुद्ध अपिल गर्ने उनका वकिलहरूले बताएका छन् । सलमानलगायतका कलाकार २० वर्ष पहिले हम साथसाथ हैं फिल्मको सुटिङका लागि जोधपुर गएका बेला शिकार खेलेका थिए । त्यसपछि भारतको वन्यजन्तु कानुन अन्तर्गत उनी विरुद्ध मुद्दा दर्ता गरिएको थियो ।

सलमानले भने आफूमाथि लगाइएको आरोप निराधार रहेको बताउँदै आएका थिए । उनका वकिलले सलमानलाई फसाइएको अदालतमा बताएका छन् ।

भारतीय मिडियाको सहयोगमा

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes