‘कुखुरापालक किसानले बिमा रकम पाएनन्’ - Pahilo Online

‘कुखुरापालक किसानले बिमा रकम पाएनन्’

आयातमा रोक लगाइएको भएपनि भारतबाट लुकिछिपी अण्डा आयात हुँदा नेपाली किसान मारमा

writer

पहिलो अनलाइन

ज्ञापन पत्र बुझाउन मुख्यमन्त्री राईसँग पुगेका किसान

विराटनगर । अण्डा उत्पादक किसानले कुखुराको बिमा गरेको भएपनि बिमा कम्पनीले क्षतिपूर्ति दिन नमानेको बताएका छन् ।

विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर मुख्यमन्त्री शेरधन राईसँग बुधबार किसानहरुले बिमा कम्पनीले दिनुपर्ने क्षतिपूर्ति वापतको रकम पनि दिन आलटाल गरेको गुनासो गरेका हुन् ।

उनीहरूले कुखुराको दानाको मूल्य मनोमानी ढंगले वृद्धि गरिएको, वर्डफ्लु जस्ता महामारीबाट नष्ट भएका कुखुराको विमा कम्पनीले क्षतिपूर्ति नदिएको, सहुलियत दरमा बैंकले कृषि अनुदान कर्जा नदिएकोलगायतका गुनासो गरेका छन् ।

नेपाल अण्डा उत्पादक संघ मोरङका अध्यक्ष विनोद अधिकारीले किसानको समस्या समाधान नभए पलायन हुनुपर्ने अवस्था आएको गुनासो गर्नुभयो ।

उहाँले भारतबाट कुखुरा र अण्डा आयातमा रोक लगाइएको भएपनि अझैसम्म आयात भइरहेकाले स्वदेशी उत्पादन मारमा परेको बताउनु भयो । भारतमा अण्डा उत्पादन तथा कुखुरापालनमा सरकारले कृषकलाई धेरै अनुदान प्रदान गरेकाले उत्पादन लागत कम पर्ने हुँदा भारतीय अण्डा नेपाल आयात भइरहेको भन्दै भन्सारबाटै कडाइ गर्न पनि किसानले माग गरेका छन् ।

किसानको टोलीले मुख्यमन्त्रीलाई ज्ञापनपत्र समेत बुझाएको छ । ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री राईले कृषि र कृषकलाई प्राथमिकतामा राखेर प्रदेश सरकारले बजेट ल्याउने आश्वासन दिनुभयो । उहाँले कृषकलाई दिइनुपर्ने सहुलयत, बजार व्यवस्थापन, अनुदान लगायतका विषयमा प्रदेश सरकार गम्भीर रहेको बताउनुभयो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes