ओलीलाई पूर्वप्रधानमन्त्रीको यस्तो सुझाब - Pahilo Online

ओलीलाई पूर्वप्रधानमन्त्रीको यस्तो सुझाब

writer

पहिलो अनलाइन

काठमाडौं । पूर्वप्रधानमन्त्रीहरुले प्रधानमन्त्री केपी ओलीलाई आसन्न भारत भ्रमणका क्रममा राष्ट्रिय मुद्दमा स्थिर रहन सुझाव दिएका छन् ।

हरेक पटक हुने प्रधानमन्त्रीको भ्रमणका क्रममा ठुला–ठूला आश्वासन मात्रै आएपनि देखिने गरी परिणाम आउन नसकेको भन्दै उनीहरुले राष्ट्रिय मुद्दमा दरिलो उपस्थिति जनाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।

प्रधानमन्त्रीको भ्रमणलाई सद्भाव भ्रमण मात्रै नबनाउन पनि पूर्वप्रधानमन्त्रीहरुले सुझाब दिए । शुक्रबार ३ दिने भ्रमणका लागि दिल्ली जानुअघि प्रधानमन्त्री ओलीलोई पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, खिलराज रेग्मीले यस्तो सुझाब दिएका हुन् ।

ओलीले भारत भ्रमण अगाडि पूर्वप्रधानमन्त्रीहरु र विज्ञहरुसँग सुझाब लिनुभएको हो । पूर्वप्रधानमन्त्री एवं कंग्रेस सभापति शेर बहादुर देउवाले ओलीलाई भ्रमणको शुभकामना दिँदै व्यापार घाटा कम गर्ने एजेण्डा उठाउन आग्रह गर्नुभयो । पूर्वप्रधानमन्त्री एवं माओवाद्र केन्द्रका अध्यक्ष प्रचण्डले संविधान जारी गर्दा भारतसँग बिग्रिएको सम्बन्ध संविधान कार्यन्वयनका क्रममा सुध्रने विश्वास व्यक्त गर्दै आर्थिक समृद्धि र स्थायित्वका लागि भ्रमणले सहयोग गर्ने बताउनुभयो ।

मन्त्रीपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीले भारतसँग पुरानै सोचले नयाँ सम्वन्ध कायम हुन नसक्ने बताउँदै २१ औं सताब्दीको विश्व परिवेश अनुसार नेपाल र भारत सम्बन्ध विकास हुनुपर्ने बताउनुभयो । पूर्वप्रधानमन्त्री माधव नेपालले भारतसँग नेपालको सम्बन्ध भाई र भाईको नभई मित्रताको हुनुपर्ने भन्दै यसअघि भएका पुराना सम्झौता कार्यान्वयनमा नेपालले जोड दिनुपर्ने सुझाब दिनुभयो । पूर्वप्रधानमन्त्री झलनाथ खनालले दुबै मुलुकलाई फाईदा हुनेगरि सन्धी सम्झौता हुनुपर्नेमा जोड दिनुभयो ।

प्रधानमन्त्री ओली प्रधानमन्त्री भएपपछि पहिलो विदेश भ्रमणको रुपमा शुक्रबार भारत जाँदैहुनुहुन्छ । भारत भ्रमणका क्रममा उहाँले भारतीय समकक्षी नरेन्द्र मोदीलगायत उच्च पदस्थ व्यक्तित्वहरुसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री ओलीले भारत भ्रमण विगतका सम्झौता छिटो कार्यान्वयन गर्नेमा केन्द्रित हुने भन्दै कुनै किसिमका गलत सहमति नगर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes