बाबरको अर्धशतकसँगै बिराटनगरको जित - Pahilo Online

बाबरको अर्धशतकसँगै बिराटनगरको जित

धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट

writer

पहिलो अनलाइन

धनगढी । बाबर हायातको अर्धशतकसँगै बिराटनगर किङ्ग्सले धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा पहिलो जित हात पारेको छ ।  बुधबार भएको खेलमा रुपेन्देही च्यालेन्जर्सलाई ४२ रनले पराजित गर्दै विराटनगरले पहिलो जित हात पारेको हो।

लगातार तेस्रो खेलमा पराजित भएसँगै रुपेन्देहीको प्लेअफ सम्भावना भने कठिन बनेको छ। उसलाई प्लेअफमा पुग्न बाँकी दुई खेलमा जितसँगै अरुको नतिजामा पनि भरपर्नुपर्ने अवस्था हुनसक्छ।

बिराटनगरले दिएको १८२ रनको लक्ष्य पछ्याएको रुपन्देहीले २० ओभरमा ७ विकेट गुमाएर १३९ रन मात्र बनाएको थियो । उसको सुरुवात खराब रहृयो । सागर पुन मात्र ५ रनमा आउट भए, जतिबेला टिमको स्कोर १० मात्र थियो ।

प्रदिप ऐरीले एक्लै पारी सम्हाले प्रयास गरे तर, अरु ब्याट्सम्यानले साथ दिन सकेनन् । उनले ५० बलमा ५४ रन बनाए । दिपक प्रसादले २२ रन बनाउँदा कप्तान शक्ति गौचन १४ रनमा अविजित रहे । सुभम कामतले ३ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको बिराटनगरले २० ओभरमा ४ विकेट गुमाएर १८१ रन बनाएको थियो । उसको सुरुवात राम्रो रहृयो । दिलिप नाथ र अनिलकुमार साहले पहिलो विकेटका लागि ४५ रनको साझेदारी गरे । साह ३६ रनमा आउट भए । दिलिपले बाबरसँग दोस्रो विकेटका लागि ७९ रनको साझेदारी गरे । नाथ ४३ रनमा आउट भए । थप १८ रन जोड्दा बाबर आउट भए । ३५ बलको सामना गरेका उनले चार चौका र चार छक्काको मदतमा ५८ रन बनाए ।

अन्तिम बलमा आउट भए पारस खड्काले २२ रन बनाए । शौरभ खनाल १७ रजमा अविजित रहे ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes