विराटनगर । यस वर्षको उत्कृष्ट सहकारी पत्रकारिता पुरस्कार विराटनगरका पत्रकार नविनचन्द्र कर्णलाई प्रदान गरिएको छ ।
डिभिजन सहकारी कार्यालय मोरङले हरेक वर्ष पुरस्कृत गर्दै उक्त पत्रकारिता पुरस्कार ६१ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा मंगलबार कर्णलाई प्रदान गरिएको हो । समारोहमा कर्णलाई एक नम्बर प्रदेशका सामाजिक विकासमन्त्री जीवन घिमिरेले पाँच हजार नगद राशी र सम्मान पत्रसहित पुरस्कृत गर्नुभयो ।
कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्री घिमिरे सहकारीका माध्यमबाट आर्थिक विकासमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले सबै नागरिकले अनिवार्य रूपमा सहकारीमा आबद्ध हुने वातावरण बनाउन जरुरी रहेको बताउनुभयो ।