आयोजकलाई स्तब्ध पार्दै रमपम झापा–११ बिजयी - Pahilo Online

आयोजकलाई स्तब्ध पार्दै रमपम झापा–११ बिजयी

विराट गोल्डकप–२०७४

writer

विराटनगर । खेल आयोजक रिजालको मोरङ–११ लाई टाइब्रेकरमा निराश पार्दै कटहरी गोल्डकपको विजेता रमपम झापा ११ विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । मोरङलाई हराउन झापाले टाइब्रेकर पर्खनुप¥यो ।

विराटनगरको सहिद रङगशालमा सोमबार भएको खेलमा मोरङलाई टाइब्रेकरमा ५–३ गोल अन्तरले पराजित गरी झापा ११ विजयी भएको हो । जितको लागि झापा ११ का योगेश गुरुङ, विश्वास श्रेष्ठ, छिरिङ गुरुङ, देवेन्द्र तामाङ र माइकल मिचेलले गोल गरी टिमको जित शुनिश्चित गरे । मोरङको तर्फबाट दिपक राई, अशोक खवास, बुद्धिमान राईले गोल गरेका थिए भने मोरङका साइमान लिम्बूको प्रहार बाहिरिएको थियो ।

निर्धारितसमय र थप गरिएको अक्तिरिक्त समयमा ३–३ गोलले बराबरी भएपछि खेल टाइब्रेकरबाट छिनोफानो भयो । जितसँगै झापाले चैत २१ गते हुने नेपाल पुलिस क्लब र नेपाल आर्मी क्बलबीचको बिजेता टीमसँग सेमिफाइनल खेल खेल्नेछ ।

आक्रमक रूपमा लयमा देखिएको मोरङ ११ खेलको २१ औं मिनटेमा कप्तान दिपक राईको गोलमार्फत अगाडि बढेको थियो । २० यार्डबाट प्रहार गरेकोे फ्रि किकलाई कप्तान राईले सोझै गोल गरी टिमलाई अग्रता दिलाए । झापाका पुजन उपरकोटीले मोरङका बुद्धिमान राईलाई फल्ट गरेपछि फ्रि–किक पाएको थियो ।

पहिलो गोल गरेको सात मिनेट बित्न नपाउँदै मोरङ ११ लाई अर्को गोल निरज बस्नेतले २८ औं मिनेटमा डिबक्सबाट थपेका थिए । झापा ११ का विश्वास श्रेष्ठले दिएको क्रस पासलाई कर्ण लिम्बूले ३१ औं मिनेटमा डिबक्स भित्रबाट प्रहार गरी गोल गरेपछि गोलअन्तर २–१ मा झरेको थियो । पहिलो हाफमा २–१ गोल अन्तरले मोरङ ११ ले आग्रता कायम राखेको थियो ।

दोस्रो हाफपछिको खेलको ५० आंै मिनेटमा झापाका खेलाडी मुस्ताक लावरले आत्मघाती गोल गर्दै मोरङको अग्रता फराकिलो पारे । तर, ५८ मिनेटमा झापाका मिचेलले गोल गरी टिमलाई ३–२ मा ल्याए । मोरङले अग्रता लिएपछि झापाले दोस्रो हाफमा आक्रामक खेलेको थियो । खेल सकिएर थपिएको मिनेटमध्ये २ मिनेट बाँकी रहँदा खेललाई झापाले बराबरीमा समेट्यो ।

त्यो गोलसँगै मैदानमा रेफ्रीलाई अपशब्द बोलेका मोरङका निरज बस्नेतले रातो कार्ड पाएर बाहिरिए । अरिक्तिसमयसम्म मोरङ ११ दश टिममा खेल खेलेको थियो । खेलको म्यान अफ द म्याच झापा ११ अबुबका याकुप म्यान अफ द म्याच घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिताको मंगलबारको खेल सशस्त्र प्रहरी बल र संकटा क्बलबीच हुनेछ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes