काठमाडौं । छिमेकी देश भारतमा पत्रकार असुरक्षित रहको तथ्य एकपछि अर्को सार्वजनिक भैरहेको छ । पछिल्लो समय तीन जना पत्रकारहको मृत्युलाई पनि हत्याको रुपमा हेरिएको छ ।
ती तीन जनामध्ये दुई जना बिहारका हुन् भने अर्का मध्य प्रदेशका छन् । यी पत्रकारहरुको मृत्यु सडक दुर्घटनामा भएको हो । तर, एकै प्रकृतिको दुर्घटनामा मृत्यु भएकोको कारण यसलाई हत्याको आशंका गरिएको छ ।
पछिल्लो ५ बर्षको तथ्याङ्क हेर्दा पनि यस्तै प्रकृतिको दुर्घटनामा २५ जना पत्रकारको मृत्यु भइसकेको छ । यस्ता दुर्घटना योजनाबद्ध रहेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गर्ने गरेका छन् । तर, सरकार यसमा मौन देखिन्छ ।
पत्रकारका लागि असुरक्षित मानिने एसियाली देश भारतमा हुने गरेका पत्रकार विरुद्धको हिंसा र हत्याका विरुद्धका आवाज पनि मलिन देखिन्छ । मध्यप्रदेशमा मारिएका पत्रकार संदीप शर्माको कहानी र स्लोवाकियाका एक पत्रकारसँग मिल्दोजुल्दो छ ।
संदीपले पुलिस र माफियाको गठजोड़को उजागर गर्ने कोसीस गरेका थिए । उनले पुलिस र माफियाको साँठगाँठबाट भैरहेको गलत कार्यबारे समाचार लेखेपछि आफ्नो ज्यान खतरामा रहेको बताएका थिए । त्यसको एक हप्ताको उनको दुर्घटनामा मृत्यु भयो ।
यस्तै प्रकृतिको पत्रकारको हत्या स्लोभाकियामा पनि भएको थियो । जेनकुसिका नामका एक जना रिपोर्टरले नेताले भ्रष्टाचार को उजागर गरि दिएका थिए । समाचार लेखेकै आधारमा पत्रकारको हत्या भएपछि स्लोभाकियामा हजारौँ नागरिकले सरकार विरुद्ध प्रदर्शन गरे । नागरिकको प्रदर्शनपछि सरकारले माफी माग्यो ।
तर, भारतमा यस्तो पत्रकारको हत्या विरोधका आवाज सशक्त छैनन् । पत्रकारको मृत्युबारे नागरिकहरु पनि चुपचाप छन् । क्षेत्रफलमा हिसावले भारत ठूलो देश हो र प्रजातन्त्रको धेरै वकालत गरेको भन्छ । तरm नागरिकलाई सुसुचित गराउने पत्रकारको सुरक्षामा पटक्कै ध्यान दिइरहेको छैन ।